मोहन न्यौपाने , चैत १८ बुटवल । अहिले शुभलाभ नायक प्रख्यात ज्योतिष समेत रहेका हरिहर अधिकारि हलहलमा दर्शक भेट्न हिडेका छन् । प्रख्यात ज्योतिष हरिहरको यो पहिलो फिल्म हो, आफ्नै कथामा निर्मित यो फिल्म दर्शकका लागि नया स्वाद भने पक्कै छ । निर्माता प्रदिप कुमार उदयको साथमा दर्शक भेट्न बुटवल आएका हरिहरलाई जब दर्शकले घेरे तब उनि आफैलाई नर्भस फिल गरे । बालबच्चादेखि टिनएज हुदै बृद्दबृद्दा सबैको मन जित्न सफल उनले सोचेका पनि थिएनन । तर एक्कासी परिक्षाकेन्द्रित समयमा फिल्म रिलिज हुदा पनि दर्शकको ओइरो देखेपछि उनि आश्चर्यचकित भए । अझै फिल्मको कथाबस्तु र आफ्नो मेहनत भरपुर दिएकाले पनि फिल्म हेर्ने लहर सोमबारपछि ह्वात्तै बढ्न सक्ने अनुमान उनको छ ।

पत्रकारसंग कुरा गर्दै अधिकारीले आफु प्रोफेशनल पेशामा लगाव भैरहेकाले फिल्ममा कमाउन न आएको तर आफ्नो करिअरलाइ थप उर्जा दिन दर्शकमाझ प्रत्यक्ष आएको बताएका छन् । बढीजसो समय आफ्नै करिअरका लागि बिताउने हरिहरले परिवारमा बसेर रमाउन नपाउदा दुख लाग्ने बताउछन । घरको फुल सपोर्ट पाएकोमा भने उनि खुसि छन् ।
शुक्रबार रिलिज फिल्मले सोमबारसम्म आउदा राम्रो ग्रसकलेक्सन गरेकोले पनि उनि अझै उत्साहित छन्। मंगलबारबाट दर्शकले अझै माया गर्ने र एसईई दिएका बिद्यार्थीहरुलाई पोजिटिभ भाइव्सका लागि शुभलभ एउटा कोशेढुंगा साबित हुने र केहि हदसम्म भएपनि पुनर्ताजगी दिने उनको भनाइ छ ।

ज्योतिषबाट एक्कासि फिल्म क्षेत्रमा आउदा आफुलाई खुबै सन्तुस्टि मिलेको र अब झन् अर्को दमदार फिल्ममा अभिनय गर्न इच्छुक भएको र दर्शकले फरक-फरक ढंगमा अभिनयको स्वाद चाख्न पाउने उनको भनाइ छ ।
फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । ज्योतिष विधामा छोटो समयमै लोकप्रियता कमाएका हरिहर अधिकारी र नव-अभिनेत्री क्रिस्टिन पौडेलको कामलाई फिल्म हेर्नेहरुले मनपराएका छन् । साथै, फिल्मको कथाले धेरैको ध्यान खिचेको छ । प्रदीप कुमार उदय निर्मित यो फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् ।

तस्बीर तथा भिडियो : आकाश दर्पण क्रियशन ( आकाश पन्थ )

SHARE