मोहन न्यौपाने, चैत्र २० तिलोत्तमा सिटी  । डिङ्गरनगर दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडको रजत जयन्ति समारोह सम्पन्न भएको छ । सस्थाका अध्यक्ष बलराम न्यौपानेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो रजत महोत्सबको अवसरमा सस्थाको ब्यबसायिक भवन समुद्घाटन तथा स्मारिका पन्चामृतको समेत बिमोचन गरिएको छ । रास्ट्रिय सहकारी दिवसको अवसरमा गरिएको सो कार्यक्रमको सन्दर्भमा बोल्दै नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बासुदेव घिमिरेले कृषि र पशुपालनको क्षेत्रमा नगरपालिकाले खेलेको भूमिकामा यस्ता दुग्ध सहकारीले सहयोग गर्दै अगाडी बढ्नु पर्ने र कृषक र पशुपालकका लागि नगरपालिकाको तर्फ़बाट गर्नुपर्ने हरेक कदममा आफुहरु तयार रहेको बताए ।

सो अवसरमा शिव पंचांग मन्दिरका अध्यक्ष केशरी पाण्डे , सस्थाका पुर्व अध्यक्ष, सल्लाहकार तथा रुपन्देहीका पशुपालक उद्दमी शशिधर शर्मा पौडेल , सल्लाहकार चक्र प्रसाद चापागाईं , पुर्व अध्यक्ष तथा सल्लाहकार बेलप्रसाद शर्मा , जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डे , सस्थाका शेयर सदस्य युवराज पराजुली, प्रेमकला भट्टराई लगायतले बोल्दै डिङ्गरनगर दुग्ध सहकारीको प्रगतिको कामना गरेका थिए ।

सो अवसरमा सस्थाका पुर्व अध्यक्ष , पुर्व उपाध्यक्ष , पुर्व संचालक समिति, सस्थापक संचालक तथा स्मारिका प्रकाशनमा सहयोग गर्ने बिज्ञापन दाता हरुलाई सम्मान समेत गरिएको थियो । सस्थाले आगामी दिनमा कृषि र पशुपालनको क्षेत्रमा अझै उल्लेखनिय र ग्रामिण समुदायमा आधारित कार्यक्रम ल्याउने सस्थाका अध्यक्ष बलराम न्यौपानेले बताए ।
सस्थाका उपाध्यक्ष टोपलाल खनालको स्वागत मन्तव्य बाट शुरु सो कार्यक्रमको संचालन सचिब नेत्र बहादुर अधिकारीले गर्नुभएको थियो ।

SHARE