मोहन न्यौपाने , चैत्र २२ तिलोत्तमा सिटी । गर्मियाम शुरु भएसंगै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दमकल सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि तिलोत्तमा र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । बार्षिक नीति तथा कार्यक्रमबाट आफ्नो नगरसभाबाट पारित निर्णयमा नगरपालिकाले ५९ लाख ५० हजारमा बुटवलको अटो वेभ कालिकानगर दमकल खरिद भई आएको तिलोत्तमा नगरपालिकाका कार्यकारी कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । अब यो सेवा सञ्चालन भएपछि तिलोत्तमालगायत वरपरका जनतालाई आगलागीबाट हुने नोक्सान तथा ठूलो क्षतिबाट बच्न टेवा पुग्ने उनले बताए । उनले हालका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको आवश्यक समन्वयबाट सञ्चालन गरिने भएको र आवश्यक जनशक्तिको चाँडै नै व्यवस्थापन मिलाउने भएको बताए ।

तिलोत्तमा क्षेत्रमा विगत केलाउने हो भने आगलागीबाट ठूलो क्षति हुने गरेको पाइन्छ । विशेषगरी चैत वैशाख र हावाहुरी बढी लाग्ने महिनामा आगलागी हुने भएको हुँदा तिलोत्तमा नगरपालिका स्थापना भएदेखि नै स्थानीयवासीबाट दमकलको माग भइआएको र तिलोत्तमा नगरपालिकालगायत यस आसपासका गाउँपालिका र नजिकको क्षेत्रमा दमकल आएपछि भवितव्यमा हुने आगलागीको ठूलो क्षतिबाट बच्न सकिने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । पहिलेका दिनमा तिलोत्तमा नगरपालिका क्षेत्रमा भएको आगलागी सिद्दर्थानगर नगरपालिका भैरहवा र बुटवल उप-महानगरपालिकाको दमकल आइ आगो निभाउने गर्दथ्यो । अब भने नगरपालिकामै दमकल आएपछि तिलोत्तमा बासिहरुको अर्को समस्या टरेको छ ।

हाल मौजुदा नगरका कर्मचारी बाटै ब्यबस्थापन गरिने सो दमकलको सेवालाई छिट्टै स्तरिय सेवाका लागि प्राबिधिक टोलि खटाउने नगर प्रबक्ता सुरेन्द्र श्री ले बताए । ३२०० लिटर क्षमता भएको सो दम्कलले २० – ३५ मिटर टाढासम्म पानीको फोर्स फ्याक्न सक्ने प्रबक्ता श्री को भनाइ छ ।

SHARE