मोहन न्यौपाने चैत्र २०७५।  गाँउबाट छिट्टै शहर बनेको सुगम नगरपालिका हो तिलोत्तमा नगरपालिका । तिलोत्तमा नगरपालिकामा अहिले नयाँ ब्यापार व्यवसाय गर्नेहरुलाई सटर पाउन मुस्किल छ । पाइहाले पनि कमाइभन्दा बढी भाडामै खर्चनुपर्ने बाध्यता छ । पुरानै ब्यापारीलाई पनि सटरको बढ्दो भाडाले ज्यान आधा गराएको छ । तिलोत्तमा–५ मणिग्रामचोक नजिक विगत ६ बर्षदेखि मोबाइल सम्बन्धि पसल चलाउँदै आएका शंकर पाण्डेले सुरुमा पसलको सटरको भाडा ३ देखि ४ हजार मात्रै तिर्थे । तर, अहिले सोही सटरको भाडा बढेर दोब्बर भन्दा बढी भएको बताउछन । भाडासंगै पानी र बिजुलीको पैसासमेत गर्दा ब्यापार सामान्य हुदा पनि धेरै मारमा परिएको उनको अनुभव छ । हरेक बर्ष बढ्ने प्रतिशतीय भाडाले भने सम्झौता हुदासम्म सहज बनाएको उनको भनाइ छ ।

बितेको एक दशकमा तिलोत्तमा र बुटवल क्षेत्रमा घरभाडामा अचाक्ली वृद्धि भएको पाइन्छ । बुटवल क्षेत्रमा १० बर्षअघि ५ सयदेखि १५ सयसम्म पाइने कोठाको भाडा अहिले ५ हजारभन्दा तल छैन । त्यसमा पानी, बिजुली, इन्टरनेटसमेत गर्दा थप दुई हजार खर्च आउँछ । त्यसो त तिलोत्तमा क्षेत्र साबिकको शंकरनगर , आनन्दबनमा अन्य ठाउमा भन्दा ब्यापक बस्ति र भाडाको अनुपात दोब्बर थियो । यहाका स्कुल तथा कलेजमा पढ्ने विद्यार्थीहरुका कारणले यहाँका घरबेटीहरुले मनलाग्दी भाडा बढाएको स्थानीय व्यवसायीको बुझाइ छ । तर पछिल्लो समय भने कलेज पढ्ने दुईरतीनजना विद्यार्थी मिलेर फ्ल्याट नै भाडामा लिने र भनेजति पैसा दिने गरेपछि घरबेटीहरुले त्यसैतर्फ लोभिएको साना व्यवसायीहरु बताउँछन् ।

बदलिँदो तिलोत्तमा : पुराना भन्दा नया बढी
तिलोत्तमा नगरपालिकामा १० बर्ष अघिका यहाका स्थानिय बासि भन्दा नया डेरावालहरु र अस्थायी बसोबास गर्ने तथा अन्य जिल्ला बाट बसाइसराइ गरि आउनेको संख्या ह्वात्तै बढेसँगै तिलोत्तमा भित्रको घरको भाडा ज्यामितीय रुपमा आकासिएको छ । भाडा निर्धारणको कुनै मापदण्ड नभएको मौका छोपेर घरबेटीहरुले भाडा बढाएका बढायै छन् । घरधनीलाई लगाम लगाउने कुनै निकाय छैन । यसबारे तिलोत्तमा नगरपालिकाका कर अधिकृत इन्द्रदत्त सापकोटाले नगरपालिकाले सार्बजनिक स्थान र घरको भाडा बाहेक अन्य ठाउमा भाडा नतोकेको बताउछन । तिलोत्तमाको मुख्य शहरी क्षेत्र जोगिकुटी, शंकरनगर, ड्राइभरटोल, नयामिल, मणिग्राम , मंगलापुर , भलवारीमा भाडा अचाक्ली भएपछि भाडा तिर्न नसक्नेहरु हाइवेक्षेत्र भन्दा केहिभित्र , तपाहा, बनबाटिका, शान्तिचोक, शिवचोक, प्रेमनगर, पुरानो सडक, ४ नम्बर चोक, शिवपुर, सेमरा, कान्छीबजार, कुञ्जलापुरतिर सिफ्ट हुन थालेका छन् ।

तिलोत्तमा क्षेत्रमा धेरै जसो स्कुल तथा कलेज पढ्ने विद्यार्थीहरुले भनेजति भाडा दिन बाध्य भएर भाउ बढाए भने, बजार क्षेत्रमा अन्य ठुला ब्यबसायी, उधोग, सुनचाँदी पसल र बैंक तथा बित्तिय सस्थाहरुले पनि भाडा बढ्नमा सहयोग र्पुयाएका छन् । सुनचाँदी पसल र बैंकहरुले भनेजस्तो भाडा दिन थालेपछि यहाँ पहिलेबाट व्यवसाय गर्दै आएका साना व्यवसायी विस्थापित भएका छन् । अर्को्तिर कन्सल्टेन्सीहरुले पनि भनेजति भाडा दिँदै आएको स्थानीय बताउँछन् । यसले गर्दा यहाँको बजार क्षेत्र अति नै महंगो बनेको छ ।

सम्बन्धित निकाय के गर्दै छन् ?
उद्योग वाणिज्य संघ तिलोत्तमाका अध्यक्ष माधवलाल देवकोटा व्यवसायीहरुकै कारण घरबहाल सम्झौता सबैमा लागु गराउन असफल भएको बताउँछन् । देवकोटाकै भनाइमा सहमत छन् तिलोत्तमा ब्यापार संघका अध्यक्ष जेपी कंडेल घरवहाल कर तिर्नुपर्छ भन्दै ‘घरबेटीसँग खुसुक्क गएर सहमति गर्छन्, एउटा भाडा बुझाउँछन्, कम भाडा तिर्छु भनेर कर छली गर्न घरबेटीलाई सघाउँछन्’ अध्यक्ष कंडेलले भन्छन ‘घरबेटीले हटाइदिने डर छ, त्यसैले जति भाडा बढाए पनि चुप लागेर बस्छन् आएर उजुरी गर्दैनन् ।’ भाडा निर्धारणको मापदण्ड सार्बजनिक स्थानमा भएपनि निजि भवन र जग्गामा नभएको र सोको मापदण्ड बनाएर करको दायरामा ल्याउन स्थानीय तहले कदम चाल्नुपर्ने कंडेलको भनाइ छ । त्यस्तै बाणिज्य संघका अध्यक्ष देवकोटा पनि घर भाडा कर उठाउन स्थानीय तहले मापदण्ड बनाउनुपर्ने बताउँछन् ।

पछिल्लो पाँच वर्षमा घर, सटर तथा जग्गा लिज भाडा अधिक भएर गयो, जति भाडा तिरिएको छ, सोही आधारमा स्थानिय तहमा कर उठेको छैन ।’ पछिल्लो समयमा स्क्वायर फिटका आधारमा भाडा लिन थालिएको छ । विषेश गरी स्कुल क्याम्पस , बजार क्षेत्र र अस्पताल नजिक वरपरका क्षेत्रमा अनियन्त्रित तरिकाले भाडा लिने गरिएको छ । भाडा बढी बनाउनेमा सरकारी निकायहरु नै अग्रपंक्तिमा देखिएका छन् ।

कर छली
स्थानीय तह निर्माण हुनुअघिसम्म घरवहाल कर आन्तरिक राजश्व कार्यालयमा दालिखा गर्नुपर्ने व्यवस्था थियो । अहिले स्थानीय तहले नै घरबहाल कर उठाउने व्यवस्था छ । तिलोत्तमा नगरपालिकाले पहिलेको तुलनामा ठुला ब्यबसायी आफैले घर बहाल कर तिर्छन तर घर बेटिले खासै तिर्न नआएको बताउछन कर अधिकृत इन्द्रदत्त सापकोटा । चालु आर्थिक बर्षमा घरबहाल घर उठाउने उच्चतम लक्ष्य लिए पनि चैत्र मसान्तसम्म खासै यसप्रति ब्यबसायी , भाडामा बस्ने र घरबेटी चनाखो नभएको उनि स्विकार्छन । नगरपालिकाले अहिले १० प्रतिशत घरबहाल कर लिने गरेको छ ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा मणिग्राम र तिलोत्तामाका बजार क्षेत्रबाट उठनुपर्ने घरबहाल कर व्यवसायीलाई निकाल्ने र अर्को उपयुक्त ठाउ नपाउने डरले नै उठाउन नसकिएको स्वीकार गर्छन् । ‘जुन अनुपातमा भाडा लिने काम भएको छ, सो अनुसारको कर दाखिला नभएको र छिट्टै यसको योजना अनुरुप कडाइका साथ् अगाडी बढिने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘यसमा कडाइ गर्ने हो भने, नगरपालिकाको आन्तरिक राजस्व ह्वात्तै वृद्धि हुन्छ ’यसमा दुईमत छैन ।

SHARE