रूपन्देहिको तिलोत्तमा नगरपालिका वडा नम्वर १३ करौजिया बस्ने हरिप्रसाद ज्ञवालीको परिवार दुर्घटनामा छोरी गुमाएर पिडामा छ । पिडित परिवारले घटना भएको डेढ महिना हुदा पनि प्रहरी प्रशासनवाट न्याय नपाउदा झनै पिडामा परेको गुनासो पोखेका छन् ।

दुर्घटनामा मृत्यु भएकि प्रज्ञा ज्ञवाली परिवारले ६ हप्ता हुदापनि इलाका प्रहरी कार्यलय वुटवल वाट न्याय नपाएको वताउदै भने छोरी त गुमायौ तर हामिलाई प्रहरी प्रशासनवाट न्याय भएन । गएको फागुन १४ गते भैरहवावाट बुटवल तर्फ जाँदै गर्दा लु १ ख ६८१९ नम्वरको ट्रक ले रूपन्देहीको ड्राइभरटोलमा लु १८ प १३०८ नम्वरको स्कुटिलाई वेलुका साढे ७ वजेतिर पछाडिबाट ठक्कर दिदा १८ बर्षिया प्रज्ञा ज्ञवालीको घटनास्थमै मृत्यु भएको थियो । उनी अक्सफोर्ड कलेज बुटवलमा बिबिएस प्रथम बर्षमा अध्ययनरत छात्रा हुन । परिवार न्यायको खोजिमा अहिले सम्म पटक पटक गरि १४ । १५ पटक जति ईलाका प्रहरी कार्यालय बुटवलमा धाइसक्यो तर प्रहरीले वास्ता नगरेको पिडीत पक्षको गुनासो छ ।प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुको साटो खाली तपाईहरू “मिल्ने गरि“ आउनुहोस भन्ने गरेर र फर्काउने गरेको पिडितका आफन्त नारायण ढकाल वताउनु हुन्छ । उहाँले घटना चालकको लापरवाहीले भएको घटना हो त्यो चालक योग्य चालक होईन भन्ने हाम्रो मान्यता हो, यदि यस्ता चालकलाई कारवाही गर्न प्रहरीलाई झकझकायनौ भनी यस्ता लापरवाहीका सवारीका दुर्घटना फेरी पनि हुन्छ । प्रहरीले न चालकलाई समाउछ न त साहुलाई समायो खाली हामीलाई झुठा आस्वासन मात्र दिईयो । डिएस पि मल्ललाई पटक पटक भेटदा उहाले झुठा आश्वासन मात्र दिनुहुन्छ । सन्तानको नाममा भएको एउटा एउटी छोरी अनाहकमा गुम्यो प्रहरीवाट न्याय पाईएन अव हामी कहाँ जाने ढकालले भन्नुभयो । चालकलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन खास प्रयास नगर्नुले घटना झन रहस्यमय वन्दै गएको छ । तर लु १ ख ६८१९ नम्बरको ट्रक भने प्रहरीको नियन्त्रणमा छ ।

तर चालक सुरेन्द्र नेपाली भनी फरार छन । उता इलाका प्रहरी कार्यलय बुटवलका डिएसपि डि वि मल्लले चालक फरार रहेको र घटनाको अनुसन्धान भईरहेकोले ढिलाई भएको वताउनुहुन्छ । दुर्घटना भएको ६ हप्तापुग्दा हालसम्म नत प्रहरी मृतक परिवारको घरमा पुगेको छ नत ट्रक समितिको जिम्मेवार ब्यक्ति नै त्यहा पुगेर सान्त्वना दिएको छ । जसका कारण छोरी गुमाएर पिडामा परेको ज्ञवाली परिवारमा झन पिडा थपिएको छ । के न्यायमा यस्तो ढिलासुस्ति र वेवास्ताले जनतासंग प्रहरीको हातेमालो छ भन्न सकिएला स्थानियवासी प्रश्न गरीरहेका छन् ।

तर पिडितपक्षले प्रहरिले ट्रकलाई नियन्त्रणमा लिएर राखेपनि चालकलाई समाउन तिर ध्यान नदिएकोमा दुख लागेको वताएको छ । उनीहरुले चालकको लाईसेन्स समेत नकली भएको आसंका गरेका छन् । पटक पटकको दुर्घटनाका केसमा प्रहरीले गहिरो अनुसंधाननै नगरी मिलापत्र नै गराउन जोड दिने गरेका कारण कतिपय दुर्घटनाका केशमा चालकको लापरवाही, नक्कली चालकले सवारी साधन चलाएपनि उम्किने देखिएपनि प्रहरी यस्ता घटनाप्रति बेखवर वने जस्तै गरेको पिडीतको भनाई पाईन्छ । पिडित पक्षका चन्द्रमान श्रेष्ठ भन्नु हुन्छ जनतालाई सहज तरीकाले शान्ति सुरक्षा दिनुपर्ने प्रहरीले जनतालाई कार्यालय पुग्दा विभिन्न वहाना वनाएर फर्काउने गरेको दुखेसो पोख्दै दुर्घटना वारे प्रहरीले किन गहिरो अनुसन्धान गर्दैन हामी अचम्मित भएका छौ ।

प्रहरीले घटनाको छानविनगरि दोषिलाई कानुन बमोजिम कारवाई गर्न किन आनाकानि गरेको छ हामिलाई त प्रहरी को काममा संका लाग्न थाल्यो पिडीत परिवारका एक सदस्यले भने । चालक सुरेन्द्र नेपाली फरार छन् । के गरिव निमुखा साना परिवारले न्याय नपाउने हो कि भन्ने संका पो लाग्न थालेको वताउदै प्रज्ञा ज्ञवालीका बुवा हरि प्रसाद ज्ञवाली भन्नुहुन्छ यत्रो दिन भईसक्यो हामी सानो मान्छे सोर्सफोर्स नभई केही नहुने रहेछ , न्याय पाईएन, पुलिस प्रशासन सरकार हो तर सरकारवाट न्याय नपाएपछि अव हामी कहाँ जाने । चालकको लापरवाहीले छोरीको ज्यान गयो अरुको यसरी ज्यान नजावस । उता मृतक प्रज्ञा ज्ञवालीको आमा र हजुरबुबा पनि निकै चिन्तामा छन । छोरीको अनाहकमा ज्यान त गयो तर ६ हप्ता पुग्दा पनि न्याय पाईएन दोषिलाई प्रहरीले समाएन । अब हामी न्याय माग्न कहाँ जाने ? यहि प्रश्नले उनीहरुलाई सताईरहेको छ ।

 

 

साभार बिजनेशखबर

SHARE