तिलोत्तमा सिटी, चैत । राजन पन्थी । न्यू सनराईज युथ क्लब बरौलिया डाँडाले आफ्नो नियमित कार्यक्रम अन्तरगत “पाँचौ रक्तदान कार्यक्रम“ तिलोत्तमा – १७ स्थित तारकेश्वर शिवालय मन्दिर परिसरमा शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा ४८जनाले रक्तदान गर्नुभयको थियो। रक्तदानका लागि ६३जना उपस्थित भएपनि अनुमान गरी ल्याईएको रक्तसंकलन सामाग्री सकिएपछी ईच्छुक १५जनाको रगत भने संकलन गर्न नसकिएको आयोजक क्लबले जनाएको छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र भैरहवाका प्राविधिक हरि सापकोटाको टोलीले प्राविधिक सहयोग पुर्याएको थियो । क्लबका कार्यक्रम संयोजक गणेश पाण्डेको अध्यक्षतामा भयको कार्यक्रममा वडाध्यक्ष दान बहादुर चौधरी र वडासदस्य लोकनाथ पाण्डेले स्रोत साधनको ब्यबस्थाका लागि सामुदायिक संस्था हरुले समस्या परिसकेपछी मात्र धाउने परिपाटी अन्त्य गर्दै बजेट अधिवेशन अगावै वडाको शिफारिस सहित आफ्नो वार्षिक कार्यक्रम नगरपालिकामा पेश गर्न सुझाव दिनुभयो ।

त्यसैगरी शसस्त्र प्रहरी बेस गंगोलियाका शसस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानिया र गंगोलिया स्वास्थ्य चौकी प्रमुख रामेश्वर ढकालले क्लब लगायतका संघसंथाहरुले आयोजना गर्ने यस प्रकारका रचनात्मक कृयाकलापहरुमा सधै सहयोग र सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । त्यसैगरी टोल बिकास संस्थाहरुका तर्फबाट पशुपती बश्यालले रक्तदानको महत्वबारे बोल्नुभएको कार्यक्रमको संचालन सरोज पन्थीले गर्नुभएको थियो ।

SHARE