मोहन न्यौपाने । सम्झना युवा परिवार मंगलापुरको १६ औ साधारण सभा तथा ८ औ अधिबेशनबाट धिरज पुन मगरको अध्यक्षतामा नया कार्य समिति चयन भएको छ ।

१३ सदस्यीय सो कार्यसमितिको उपाध्यक्षमा नारायण प्रसाद पौडेल, पंकज गौतम, सचिवमा अर्जुन न्यौपाने, कोशाध्यक्षमा दिपक बस्नेत, चयन भएका छन् । निर्बा्चित सबै सदस्य हरुलाई संरक्षक बाबुराम रानाले आगामी कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

परिवारको साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वार्ड न ९ का अध्यक्ष नारायण न्यौपानेले निर्बा्चित सबैलाई बधाई तथा शुभकामना दिदै यस क्षेत्रमा युवा हरुको योगदान उल्लेखनिय रहेको र मंगलापुरको शान बचाउन युवाले खेलेको भूमिका गौरवपूर्ण रहेको बताएका थिए ।

सो साधारण सभामा क्लबका निबर्तमान अध्यक्ष खेमेंद्र राना, पुर्व सचिव सचिन घिमिरे, टिका प्रसाद अर्याल, यम बहादुर पुन, शुसिल घिमिरे, लगायतले बोल्दै सम्झना युवा परिवारको सफलताको कामना गरेका थिए ।

SHARE