नयाँबर्षको दिन गङ्गा नुहाउन नारायणीमा साथीहरुसंग गएका गएका तिलोत्तमा नगरपालिका वडा नं. २ का २१ वर्षीय कपिल ज्ञवाली अझै भेटिएका छैनन् । उनी गत आइतबार १ गते बिहानै आफ्ना साथीभाइसँग नुहाउन भनि घरबाट हिडेको स्थानियले बताएका छन् । बिहानै नारायणीमा नुहाउने क्रममा डुबेका उनलाई बचाउन साथीहरु लागेपनि पानीबाट बाहिर निकाल्न नसकिएको र नदीमै बेपत्ता भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

उनको खोजीका लागि सशस्त्र प्रहरी र स्थानीय सक्रिय भएपनि उनको शव भेटिन सकेको छैन । नदि गहिरो भएका कारण शव खोज्न समस्या भएको प्रहरीको भनाइ छ । विभिन्न प्रबिधि अपनाई खोजी कार्य तिब्र बनाइएपनि नभेटिएपछि ज्ञवाली परिवारसंगै स्थानिय स्तब्ध छन् । कपिल परिवारको एक्लो छोरा थिए ।

विभिन्न धार्मिक कार्यमा भजन गाउदै हिड्ने तथा आध्यात्मिक विधामा शिक्षा हासिल गरेका कपिलको एक बैनी र सुस्तश्रवण (बहिरा) बुवा आमा रहेका छन् । उनको खोजीकार्य भएतापनि नभेटिएपछि परिवारले काजक्रिया शुरु गरेको छ । स्थानीयको भनाइ अनुसार बेपत्ता ज्ञवालीलाई खोजिदिन सम्पूर्ण नागरिक समाज, सुरक्षा निकाय सबैमा अनुरोध समेत गरिएको छ ।

SHARE