डा. युवराजपन्थ
प्राविधिकअधिक्रित
लुम्बिनिएग्रो ईन्डस्ट्रिज, बुटवल

कुखुराको शारिरिक तापक्रमअत्यन्तै बढीभई शरीरका कृयाकलापमा असर पार्ने अवस्थालाई हिट स्ट्रेस (गर्मी धपडी)भनिन्छ । यो प्रकृया लम्बिएमाकुखुराहरु थाक्छन् र मृत्यु हुने गर्दछ । बढ्दो तापक्रम र आद्रताको कारणले विशेष गरी गर्मी मौसममाकुखुराहरुले तनाब महसुस गर्छन् । शरीरको तापक्रम नियन्त्रण गर्न नसकेर कुखुराहरुको मृत्यु हुने गर्दछ ।

आधुनिक ब्रोइलर जातहरुमा उचित दाना रुपान्तरणसंगै उच्चव्रिद्धीदर आवश्यकहुने भएकोले गर्मी तनावप्रती सहन्शीलता कम हुन्छ ।
कुखुराको शारिरिक तापक्रम ४६ डिग्री सेन्टिग्रेड नजिक हुनपर्छ । यस भन्दा ४ डिग्री सेन्टिग्रेड बढी भएमा कुखुराको मृत्यु हुन्छ ।

कारकतत्वहरु : 
उच्च तापक्रम
– अपर्याप्त पिउने पानी
– अप्रयाप्त भेन्टिलेसन
-आवश्यक भन्दा कमी क्षेत्रफल
-खोरको छानोको उचाइ
– गर्मिको समयमा अत्यधिक इनर्जि र प्रोटिनयुक्त दाना

यस बाहेक निम्नतत्वहरु पनि यसका कारक बन्न सक्छन्
-आनुवंशिक (लेयर्स भन्दा बढी ब्रोइलर कुखुराहरु सम्मोहक हुन्छन् )
– चयापचय दर (अन्डादिने कुखुरा र छिटो व्रिद्धीहुने भालेहरु)
– घनत्व (निश्चित क्षेत्रफलमा आवश्यक भन्दा बढी कुखुराहरु राख्नु)
– ३ हप्ताभन्दा बढी  उमेरका कुखुराहरु

लक्षणहरु :
– अत्यन्तै छिटो छिटो श्वास फेर्ने
-टाउको सोत्तरमाअगाडितिर सुताएर बस्ने
– बढीतिर्खाउने
– दानाप्रतीअरुची (२० डिग्री सेन्टिग्रेड भन्दा माथि प्रती इकाइ तापक्रम व्रिद्धी वापत दाना खपत १.५ प्रतिशतले घट्छ)
– अन्डाउत्पादनमाकमी
– सानो आकारको अन्डा
– अन्डाको बोक्रापातलो हुने
– ब्रोइलर कुखुरामाव्रिद्धीमाह्रास आउने
– छालानिलो देखिने
– पंखेटाहरु फिजाएर उभिने
– लक्षण विना उत्तानो परेर मरेको देखिने
– थाकेर पल्टिने अनी मृत्यु हुने
– छातीको मासुको रंग पकाएको जस्तो देखिन्छ र नाक तथा मुखमा र्याल जम्मा भएको देखिन्छ ।
– मुखखोलेर श्वास प्रश्वास गर्ने भएकोले तनाव ग्रसित कुखुराहरुमा अन्य श्वासप्रश्वास सम्बन्धी रोगका किटाणुले आक्रमण गर्न सक्छन् ।

उपचार :
– पर्याप्तचिसो पानीको व्यवस्थापन
– खोरमा भेन्टिलेसनको व्यवस्था गरी हावा खेल्न दिनुपर्दछ
– भिटामिन सि, भिटामिन ई, भिटामिन ए र अन्य इलेक्त्रोलाइट पानी मार्फत दिनुपर्दछ

रोकथाम:
गर्मी मौषममा कुखुराहरुको उचित व्यवस्थापनको लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

खोर व्यवस्थापन
-खोरको उचाइ तथा चौडाइ उचित हुनुपर्दछ । गर्मीठाउंको हकमा १४ फिटखोरको विचको भागको उचाइ, किनाराको उचाइ ८ फिटतथा २०(२४ फिटचौडाइको खोर आवश्यक पर्दछ ।
– खोरको छानो टिनको भए सेतो पेन्टगर्ने अथवा छानो माथि खर र जुटको बोरा राखी भिजाउने गरेमा केहीहद सम्म तापक्रम नियन्त्रण गर्न सकिन्छ। खोरको छानो चुनाले पोतेमा २ डिग्री सेन्टिग्रेडले तापक्रम नियन्त्रण गर्न सकिन्छ ।
– खोरको लामो भागपुर्व पश्चिमदिशामानिर्माणगरिनुपर्दछ र बलेनीको भाग ३ फिट हुनुपर्दछ ।
ड्ड ठुलाखोरहरुमा जालीबाहिर चिसो बनाएर जुटका बोरा झुन्डाउन सकिन्छ जस्ले तातो हुरिलाई रोक्नमद्धतगर्छ । खोर भित्र स्प्रिन्कलहरु प्रयोगगर्न सकिन्छ ।
– प्राकृतिक भेन्टिलेशनजांचगर्ने, जालीहरुमा धुलो भरिएको जांचगर्ने
– कुखुराहरुलाई आवश्यक क्षेत्रफलप्रदानगर्ने । गर्मी ठाउँंमा प्रत्यक ब्रोइलर कुखुरा बराबर १.५ वर्गफुट तथा लेयर्सलाई २ वर्गफुट क्षेत्रफल आवश्यक पर्दछ ।

दानाव्यवस्थापन
-कम दाना खपतहुंदा उत्पादनमा असरपुग्ने भएकोले दाना खपत बढाउने उपाएहरु अपनाउनु पर्दछ । पेलेट अथवा क्रम्बलफिड, फिडरमा भएको दाना चलाइदिने, दानामा चिल्लो पदार्थ अथवा गुंड भेली मिसाइदिने, सितल फर्केको समयमा मात्रा दाना दिने (दिउसोको समयमा दाना खान रोक लगाउने र बिहानतथा सांझमा मात्रा दाना राख्दिने) जस्ता कृयाकलाप गरेर दाना खपत बढाउन सकिन्छ ।
-असाध्यै गर्मी हुने समय भन्दा ६, ७घण्टा अगाडी दानाको भांडो हटाइदिने
-अत्यधिक गर्मी भएमा मिड्नाइट फिडिङ्ग प्रयोगमा ल्याउनुपर्दछ ।
– भर्जिनिआमाइसिनको प्रयोगले हिट स्ट्रेसलाई कमगर्ने तथा रोग संग लड्ने क्षमता बढाउंछ ।
– निकार्बाजिनले हिट स्ट्रेस बढाउने तथा मोनेन्सिनले पानी रुची घटाऊने भएकोले गर्मी समयमा प्रयोग गर्नु हुंदैन ।
– दानामाबिटेन, बायोटिन, भिटामिन सि, सोडाबाइकर्ब, एसिडिफायर, डेक्स्ट्रोज, जस्ता फिडएडिटिब्सहरु मिसाउनुपर्दछ । दानामाप्रोटिनको मात्राकम गराइशक्तीको श्रोत बढाउनुपर्दछ, जसको लागिचिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । कक्सिडिओस्टाट, एन्टिअक्सिडेन्टलाई प्राथमिकतामा राख्न पर्दछ । यसको अलवाटक्सिनबाइन्डर पनि सम्मिलित गराउनु पर्दछ ।
– दानामा क्याल्सियमको मात्रा ४ प्रतिशतबाट ५ प्रतिशत बनाउनुपर्छ । भिटामिन र मिनरलको श्रोत २५ प्रतिशतले बढाउनुपर्छ ।

पानी व्यवस्थापन
– गर्मीको समयमा भिटामिन सि तथा इलेक्ट्रोलाइटयुक्त चिसो पानी पर्याप्त रुपमा प्रदान गर्ने । आवश्यक भएमा पानी फेरिरहने ।सकिन्छ भने पानी टंकिलाई खोर भित्र नै राख्दा तातो हुनबाट नियन्त्रण गर्न सकिन्छ । खोर बाहिर भएको टंकिलाई जुटको बोराले ढाकेर पानीले भिजाउने गरेमा पानी तात्न नियन्त्रण हुन्छ । कुखुरालाई सामान्य अवस्थामा भन्दा ३(४ गुणा पानी उपलब्ध गराउनुपर्दछ । ०.२ प्रतिशतनुनमिसाएर दिएमापानीको उपभोग अझै बढ्छ ।
– पानीमा कागती, निबुवा आदिको रस वा भिनेगर मिसाउने

अन्य व्यवस्थापन
– खोपको प्रयोग, चुच्चो काट्ने आदी कृयाकलापहरु शितल समयमा गर्नुपर्दछ ।
– खोरमा थर्मो्मिटर राखेर तापक्रम भिन्नता रुजु गर्र्नेे र त्यही अनुसार व्यवस्थापन गर्ने

प्रत्यक्ष मात्र नभई गर्मी तनाव भएका कुखुराहरुमा इ.कोली, माइकोप्लाज्मा, कोराइजा लगायतका रोगहरु लाग्ने सम्भावना बढ्ने भएकाले यसको उचित रोकथाम गर्नको लागि व्यवस्थापनमा ध्यानदिनु जरुरी छ ।

SHARE