मोहन न्यौपाने, तिलोत्तमा सिटी बैशाख २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलोपटक राष्ट्रिय मुक्तक महोत्सव सम्पन्न भएको छ । तिलोत्तमा साहित्य कला, सङ्गीत प्रतिष्ठान रुपन्देहीको आयोजनामा सम्पन्न महोत्सवमा देशभरका ११ जिल्लाका मुक्तककारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा रुपन्देही सहित नवलपरासी, पाल्पा, सिन्धुली, मोरङ, रुकुम, बाग्लुङ, बर्दिया , कास्की, रौतहट, जाजरकोट, बाँके लगायतका जिल्लाका मुक्तककारहरुले मुक्तक वाचन गरेका थिए ।

नगरपालिकाको ड्राइभरटोल स्थित न्यु होराइजन कलेजको सभाहलमा सम्पन्न महोत्सवमा साहित्यकारहरुले माया प्रेम, राजनिति र अन्य समसामयिक बिषयमाथी मुक्तक प्रहार गरे । पहिलो सत्रमा सबै मुक्तक बाचन गरियो भने दिवासत्रमा सम्पन्न मुक्तक वाचन पुर्व बिहानी सत्रमा एक कार्यपत्र र त्यसमाथीको टिप्पणी सम्पन्न भयो । नेपाली मुक्तकको परम्परा शिर्सकमा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको कार्यपत्रमाथी साहित्यकार ऋषिराम भुषाल, प्रा. डा. बिष्णु प्रसाद पौडेलले टिप्पणी गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलिको अध्यक्षता, सरुभक्तको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संरक्षक तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, बरिष्ठ गितकार तथा मुक्तककार राजेन्द्र थापा, प्रगतिबादी साहित्कार रामचन्द भट्टराई, प्रा. डा. बिष्णु प्रसाद पौडेल, बरिष्ठ आख्यानकार एबं मुक्तककार बनमाली निराकार, लगायतले सुभकामना मन्तब्य राखेका थिए । प्रतिष्ठानका उपाध्यक्ष कविराज नेपालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव लिलाधर पाण्डेयले गरेका थिए ।

SHARE