मोहन न्यौपाने ,तिलोत्तमा सिटी । लामो समयदेखि जापान बसाई सकाएर हाल नेपालमै रहेका ईश्वर मल्ल अहिले चर्चामा छन् । हसिलो अनुहार चकलेटी फेश, अनि सुहाउदो जिउडाल नै उनको आकर्षक व्यक्तित्वको कडी हो । जापान र नेपाल गर्दै आएका मल्ल अहिले पूर्ण नेपाल बसाइमा छन् । उनको सानैदेखिको कलाकारिता र अभिनयप्रतिको चाहना बल्ल आएर पुरा भएको छ । त्यो अभिनयको सौख पुरा गरेको छ , दुर्गा साउद र सुशिल सिलवालको स्वरमा रहेको ‘काली काली’ बोलको गीतले । भर्खरै बजारमा युट्युब मार्फत सार्बजनिक भएको रोमान्टिक शैलीको गीत सङ्स नेपालबाट सार्वजनिक गरिएको हो ।

नेपालमै चर्चा बटुलेकी मोडल तथा आइटमगर्ल एबम अभिनेत्री माला लिम्बुको क्यामेस्ट्रि अभिनय रहेको सो गीतसंगै अहिले ईश्वरको चर्चा पनि चुलिएको छ । उनि डेब्यु अभिनयमा म्युजिक भिडियो गरेपनि सबै किसिमले पोख्त देखिन्छन । लाग्छ, उनको अभिनय हेर्दा अहिलेसम्म इश्वरले धेरै अभिनय गरिसकेका छन् । त्यसो त उनको अभिनयमा साथ् दिएकि माला लिम्बुसंग उनको क्यामेस्ट्रि मिलेको स्पस्ट देखिन्छ । निकै सुहाएको उनीहरुको जोडीलाई गीत काली कालीले झनै न्याय गरेको छ । रमणिय स्थलमा छायांकन गरिएको सो म्युजिक भिडियोहेर्दा आखालाई समेत शितलता प्रदान गर्दछ । हेर्दा चकलेटी देखिएपनि फरक फरक खालका अभिनयमा रुचि रहेको ईश्वर बताउछन ।

काली काली बोलको गीतमा गायिका दुर्गा साउदको आफैले कोरेका शब्दमा आफै संगीत भरेकी छन् । सन्दिप कार्कीको संगीत संयोजनले गीतको भाव झनै खुलेको छ । सन्तोष लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा माला लिम्बू र ईश्वर मल्लको शसक्त अभिनय रहेको छ । उत्तम हुमागाईँको छायांकन र ललित सिंह साउतको सम्पादन रहेको भिडियोको निर्देशन गौरव गिरीले गरेका हुन् ।

SHARE