मोहन न्यौपाने, तिलोत्तमा सिटी बैशाख २४ । २ बर्ष पहिले कुरा चल्यो अनि त्यसको २ बर्षपछि निर्णय भयो तर त्यसैको २ बर्षपछि एउटा भवन बन्यो अनि एउटा बनेन । एउटै प्रक्रिया, एउटै हस्ताक्षर, उही मान्छे तर संस्था फरक फरक । ति सस्था हुन् उद्योग बाणिज्य संघ तिलोत्तमा र तिलोत्तमा ब्यापार संघ । नगरपालिका गठन भैसकेपछि खुलेका यी सस्था आफुलाई राजनीतिक धरातलभन्दा माथि उकास्न नसकेका सस्था हुन् । पछिल्लो पटक त्यहि राजनीतिक अखडा बन्यो भवन बन्नु र नबन्नुमा । केहि महिना अघि भब्य शिलान्यास गरेर तिलोत्तमा उद्योग बाणिज्य संघले शुरु गर्यो आफ्नो भवन निर्माण कार्य जो अहिले पनि जारी छ । तर उस्तै प्रकृतिको उस्तै निर्णयको शिलान्यासमा स्थानीयको बिरोध भएपछी नगरपालिका अहिले सहजीकरणका लागि दौडधुपमा छ ।

कसले बचाउने सार्बजनिक जग्गा : स्थानिय
गत शनिबार हुने भनिएको तिलोत्तमा ब्यापार संघको भवन शिलान्यास नभएपछि नगरप्रमुख मात्र हैन पत्रकारहरु समेत आश्चर्यमा परे । निर्धा्रित समयमा हुने भनिएको सो कार्यक्रम नाभएपछी स्थानीयको अबरोध र विरोधले सो कार्य त्यस दिनका लागी रोकियो । तिलोत्तमा नगरपालिकाको वार्ड न ५ मा बन्न शिलान्यास गर्न लागिएको तिलोत्तमा ब्यापार संघको सो कार्यक्रम हुने खबर पाउने बित्तिकै सो ठाउमा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए । आफ्ना माग पूरा नगरेसम्म सो सार्बजनिक जग्गामा निर्माण सुरु गर्न नहुने उनीहरुको माग छ । तिलोत्तमा नगरपालिकाको वार्ड न ५ मा थोरै मात्र सार्बजनिक जग्गा भएकाले त्यसको ब्यबस्थापन अर्को ठाउमा गर्नुपर्ने माग उनीहरुको छ । नगरप्रमुख शिलान्यास स्थलमा जान लागेको थाहा पाएपछि स्थानीयबासी जुलुसहित कार्यक्रमस्थलमा पुगेका थिए ।

तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमुख अतिथि बनाइएको भनिएको सो शिलान्यास कार्याक्रममा विरोध गर्न पुगेका करिब १५० जना स्थानीयले सो कार्यक्रममा नजान आग्रह समेत गरेका थिए । संघले शिलन्यासका लागि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमुख अतिथिका रुपमा बोलाएको थियो । तर कार्यक्रम स्थलमा पुग्दा स्थानियको विवाद भएपछि नगरप्रमुख घिमिरे मञ्चमै नपुगी बाटोबाटै फर्किएका थिए । सो ठाउका स्थानियहरुले सार्वजनिक जग्गा संघ संस्थाहरुलाई हड्पन नदिने भन्दै विरोध जनाएका हुन । उनीहरुले संस्थालाई भवनका लागी जग्गा दिदा टोल कमिटिसंग छलफल नगरेको आरोप लगाएका छन् ।

स्थानिय काशिनाथ पाण्डेले वडा नं. ५ मा गार्डेन सहितको बृद्धाआश्रम बनाउने भनिएको भएपनि अहिले संघ संस्थालाई जग्गा दिएका कारण विरोध गरिएको बताए । वडा नंं ५ मा धेरै सार्वजनिक जग्गा नभएकाले सरकारी प्रयोजनका लागि भने आफुहरुले जग्गामा विरोध नगर्ने उनले बताए । भबिस्यमा भबितब्य आइलागेमा यस वार्डबासिहरु कहा जाने भन्दै स्थानीयले बिरोध गरेका हुन् । सो जग्गाको बारेमा प्रमुख जिल्ला अधिकारि समक्ष समेत जानकारी गराई नगरपालिकामा जग्गा बचाइदिन आग्रह समेत गरेको एक स्थानीयले बताए ।

सर्बदलको प्रक्रिया पुरा भएर हुन्छ ? – रमेश डुम्रे
उस्तै प्रकृतिका प्रक्रिया पुरा गरेपनि ब्यापार संघले भवन बनाउन अबरोध आएपछि स्थानिय निर्बाचनमा वार्ड न ५ बाटै वार्ड अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिई चुनाव लडेका स्थानिय रमेश डुम्रेले कुनै पनि हालतमा त्यो जग्गा अन्य संघ सस्थालाई दिन नहुने बताएका छन । स्थानीयलाई सुचना नदिईकन सार्बजनिक जग्गाको नाममा रहेको त्यो सानो जग्गालाईनै आखा लगाउनुपर्ने किन ? अन्य ठाउमा भए आफुहरुको आपत्ति नरहेको र सो ठाउमा कुनै पनि तबरले जग्गा हडपे कडा आन्दोलन र प्रतिकार गरिने डुम्रेको भनाई छ । तिलोत्तमा उद्योग बाणिज्य संघले बनाउदा त प्रतिकार गर्नुभेन भन्ने प्रश्नमा उनले थपे स्थानीयले अबरोध गर्दैनन् भने हामीलाई चासो छैन, तर बाणिज्य संघले स्थानीयको राय लिएर भवन शिलान्यास गरि निर्माण अगाडी बढाएको छ तर ब्यापार संघले त्यसो गरेन । उनले अबको सहजीकरण कसरि त ? भन्ने प्रश्नमा नगरपालिकाभित्र अन्य जग्गा पनि छन् यो भन्दा सहज ठाउमा फराकिलो जग्गाको ब्यबस्थापन नगरपालिकाले खोजेर राखिदिनुपर्छ तर अन्य संघ सस्थालाई सरकारी निकायको भवन बनाउन सहज हुने जग्गा दिईनु हुदैन भन्नेमा हाम्रो जोड हो। उनले आफ्नै दलका हस्तक्षरित व्यक्तिलाइ उदृत गर्दै त्यतिबेला कसले किन कसरि सो निर्णयमा हस्ताक्षर गर्यो त्यो सरोकारको बिषय भएन तर अहिलेको परिप्रेक्षमा हामी सो ठाउमा ब्यापार संघको भवन बन्न दिदैनौ , भन्दै उनले सहज खोजीमा अर्को जग्गा प्राप्तिका लागि प्रयास गर्न अध्यक्ष जेपी कंडेललाई सुझाए ।

सर्बदलिय निर्णय मान्न तयार बन – कंडेल, अध्यक्ष ब्यापार संघ
आफुले सिलान्यास गर्न लाग्दा केहि मानिसहरुको अगुवाइमा अबरोध पुर्याएको प्रति अध्यक्ष जेपी कंडेलको घोर भत्सर्ना छ । २ बर्ष पहिले जनप्रतिनिधी नआउँदा नै सर्वदलिय बैठकले संघलाई वडा नं. ५ मा ५ कठ्ठा जग्गा दिएकाले भवन शिलन्यास गर्न पुगेको तिलोत्तमा व्यापार संघका अध्यक्ष कंडेलले बताए । तिलोत्तमा उद्योग बाणिज्य संघ र व्यापार संघलाई एउटै कागजमा, उस्तै प्रकृति र प्रक्रियाबाट एकैपटक निर्णय गरेर जग्गा दिएपछि उद्योग बाणिज्य संघले भवन निर्माण गरिसकेको छ । तर हामीलाई किन अबरोध ? उनले सथागत कुरामा राजनीति भित्र्याएर केहि असन्तुस्ट पक्षहरुले नया खेल खेलेको समेत बताए । स्थानीयको नाममा पार्टीका नारा लगाउदै सामाजिकसंग सस्थाको बिरोध गर्नुको औचित्य नभएको स्पस्ट पारे । कंडेलले हामीलाई निर्णय गरेर दिइएको सो जग्गा प्राप्तिका लागि कुनै कसर बाकि नराखी अगाडी बढ्ने बताएका छन् । उनले उतिबेला सबै भएर हस्तक्षर गर्ने अहिले आएर हामी चिन्दैनौ जान्दैनौ भनेर हुन्छ व्यक्ति नभए पनि पार्टी त हुन्छ, त्यसैले नीति बमोजिम गर्न नगरपालिकालाई समेत आग्रह गरे ।

सर्बदलिय निर्णय उल्टाउनु हुदैन : वार्ड अध्यक्ष भण्डारी
तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि नआउदै गरिएका निर्णयहरु सर्बदलिय बैठकबाट हुदै आएको र १५ दलहरु बसेर गरेको निर्णयलाई अहिले उल्टाएर हामीले सम्झौता तोड्न नसक्ने तिलोत्तमा नगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष चेत नारायण भण्डारीले बताएका छन् । उही र उस्तै प्रकृतिको भवन निर्माण भएर कसैको उद्घाटनमा जानुपर्ने बेलामा कसैको भवन सिलान्यास हुन नदिनु जायज कुरा नभएको उनको स्पष्टता छ । स्थानियको अग्रसरतामा भनिएपनि राजनीतिक आभास आएको भन्दै उनले दुवैपक्ष बीच छलफल भैरहेको र केहि दिनमा त्यसको निकाश निस्किने बताए । तर आफुहरु भने सर्बदलिय बैठकले निर्णय गरेको निर्णयमै अडिग रहेको वार्ड अध्यक्ष भण्डारीको ठम्म्याइ छ । यसरी बर्षौ अगाडी भएको निर्णय उल्ताउदै जानेहो भने सर्बदलिय नेताहरुको अस्तित्व संगै यसभन्दा अगाडिका निर्णयले बनेका संरचनाहरु समेतमा औला उठ्ने हुदा सर्बमान्य निर्णय नै जनप्रतिनिधिले अङ्गीकार गर्ने उनको भनाइ छ ।

हामी सहजीकरणमा अघि बढेका छौ : प्रबक्ता श्री
तिलोत्तमा ब्यापार संघको लागि गत २०७२ साल चैत्र ३० गते तत्कालिन निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद आचार्यको अध्यक्षतामा बसेको पहिलो बैठकबाट सिफारिस निर्णय नं. १ को सर्बदलिय बैठकले सो जग्गा तिलोत्तमा ब्यापार संघको लागि दिन तयार रहेको निर्णय गर्यो । सोहि निर्णय अनुसार २०७४ साल जेष्ठ २२ गते नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेलको अध्यक्षतामा सर्बदलिय बैठक बसी सो ५/५ कट्ठा जग्गा तिलोत्तमा ब्यापार संघ र उद्योग बाणिज्य संघ तिलोत्तामालाई दिईने निर्णय भयो । त्यसै अनुरुप बाणिज्य संघले आफ्नो भवन निर्माण गरिरहेको छ भने ब्यापार संघको भवन शिलान्यास्मै अबरोध भयो । साबिक आनन्दबन ५ ख को कित्ता नम्बर ६४ को १० कठ्ठा १७ धुर जमिन मध्य ५ कठ्ठा जमिन ब्यापार संघको लागि उपलब्ध गराउने निर्णय भएको हो । यस बिषयमा नगरपालिकासंग बुझ्दा नगर प्रबक्ता सुरेन्द्र श्रीले सो अबरोधका बिषयमा नगरपालिका सहजीकरण गरिरहेको र विभिन्न छलफल मै ब्यस्त रहेको जनाएका छन् । उनले त्यति बेला हस्ताक्षर गर्ने तथा दुवै सस्थाका प्रतिनिधि र स्थानियलाइ समग्र राखी उहाहरुकै सल्लाह सुझावमा नगरपालिकाले सहजीकरण गर्ने प्रबक्ता सुरेन्द्रको भनाइ छ ।

यसरी सार्बजनिक जग्गाको बिषयमा पहिल्यै चनाखो नभई क्षणिक स्वार्थका निम्ति हस्ताक्षर गर्ने तथा त्यसकालागि स्थानियबासीहरुमा कुनै सोधपुछ नगर्ने समाजका पहरेदारहरुले नै यो समस्याको बिजारोपण गरेका हुन् । त्यसैले दिएपछि सबै संघ सस्थालाई सामाजिक कार्यकै लागि नगरपालिकाले सोचनीय, स्थानीयको हितमा हुने निर्णय गर्न अब अबेर गर्न हुदैन । असामान्य रुपमा सार्बजनिक जग्गाको यसरी संघ सस्थालाई दिदै जादा कतै फराकिलो ठाउमा नगरपालिकाको सरकारी भवन नअटने त होइन भन्नेमा दुबिधा छ । तथापि सबैलाई सहज हुने बाताबरणमा ब्यापार संघ, स्थानिय तथा नगरपालिकाले यस निर्णयमा सहज भूमिका खेल्नुपर्दछ ।

SHARE