मोहन न्यौपाने, तिलोत्तमा सिटी बैशाख २४ ।  तिलोत्तमा नगरपालिकाको तरकारी पकेट क्षेत्र घोषणा गरिएको वार्ड नम्बर १४ को क्षेत्रका किसानहरुलाई पकेट बिकास कार्यक्रम अन्तर्गत अनुदानमा कृषि सामाग्री बितरण गरिएको छ । ७५ प्रतिशत अनुदानमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ का ५० बढी किसानहरुलाई कृषि सामाग्रीहरु बितरण गरिएको हो । वार्ड नम्बर १४ वडा स्तरिय कृषि संजाल समिति र तिलोत्तमा वार्ड नम्बर १४ आयोजनामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ को पकेट बिकास कार्यक्रम अन्तर्गत वडा नं १४ का कृषक समुहरुलाई कृषी सामग्री बितरण गरिएको हो । कृषि सामग्री अन्तर्गत किसानहरुलाई किटनाशक औषधी छर्ने अटोमेटिक मेसिन सेट, पानी हाल्ने हजारी ५० जनालाई प्रदान गरिएको तिलोत्तमा वडा नं १४ का अध्यक्ष सोहन प्रसाद थारुले बताए ।

पछिल्लो समय तिलोत्तमा नगरपालिका आफैमा आत्मनिर्भर बन्दै गएको भन्दै प्रमुख अतिथिको रुपमा उपस्थित तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले यसप्रति अझै आकर्षण बढाउन सबै कृषकमा अनुरोध समेत गरे । आफ्नो नगरसभा मार्फत घोषणा गरिएको सबै पकेट क्षेत्रको उल्लेखनीय काम भैरहेको भन्दै नगरप्रमुख घिमिरेले दुध, गहु, धान, मकैसंगै अब तरकारी खेतीमा समेत तिलोत्तमा नगरपालिका आत्मनिर्भर भैसकेको र अब निर्यातमुखी व्यापारिक नगरीको रुपमा नगरलाई बिकाश गर्ने बताए ।

वार्ड नम्बर १४ वडा स्तरिय कृषि संजाल समितिका अध्यक्ष रामविलाश केवटको अध्यक्षतामा सम्पन्न सो कृषि सामाग्री बितरण कार्यक्रममा सहभागी कृषकहरु सो मेसिन औजार पाउदा खुसि देखिन्थे । सिचाइको केहि प्रयाप्त सुबिधा भएपनि करेसाबारी तथा खेतबारीमा पानी तथा किटनाशक औसधि छर्ने क्रममा निकै असजिलो र मितव्ययी नभएकोमा अहिले सो मेसिन आएपछि आफुलाई समय र पैसाको बचतसंगै हरेक तबरले बिरुवा हुर्काउन र फल फुल दिन सहज भएको वडानम्बर १४ कै दुर्गानगर टोल निवासी रामनाथ लोधले बताए । त्यस्तै आफुहरु तरकारी बारीमा घाम पानी नभनी दिनरात काम गर्नुपर्ने बाध्यतालाई केहि सहज र छिटो बनाइदिएको सोहि ठाउ निवासी अर्का किसान पदमराज थारु बताउछन । उनले बाहिर किन्दा निकै खर्चिलो हुने कृषि सामाग्री नगरपालिकाले वार्ड कार्यालय मार्फत दिदा मेहनत कम लाग्ने र उत्पादनमा छिटो छरितो हुने बताए । त्यस्तै किसानहरुको तर्फा बात बोल्दै शालिकराम सुबेदीले कृषि सामग्री पाएर मात्र नहुने यसको राम्रो उपयोगिता गरि कृषि कार्यमा टेवा दिनुपर्ने बताए । उनले ब्यबसायिक कृषिका लागि तिलोत्तमा नगरपालिकाले खेलेको भूमिका उल्लेखनिय रहेको भन्दै अब समग्र कृषकहरु जागरुक भै आत्मनिर्भरतासंगै बजारमुखी र निर्यातमुखी कृषिका लागि अघि बढ्नुपर्ने बताए ।

आफ्ना वार्डका सबैजसो मानिसहरु कृषिमै आत्मनिर्भर भएको र कृषिमै जिबन गुजारा गरेकाले पनि वार्ड नम्बर १४ मा तरकारी पकेट क्षेत्र घोषणा गरि कृषि सामग्री बितरण गरिएको वार्ड अध्यक्ष सोहन प्रसाद थारु बताउछन । अब औसधिकोप्रयोग नगरी कृषि कार्य गर्न सुझाव दिदै उनले निकट भविष्यमै अर्गा्निक तरकारी खेति र कृषि उपज केन्द्रको बिस्तार भैसकेको बताएका छन् । सो हि कुरामा थप्दै नगर प्रमुख बासुदेव घिमिरेले जेष्ठ भित्रै सम्पन्न हुने गरि ठेक्का भैसकेको कृषि उपज केन्द्रले वार्ड न १४ का किशान मात्रै प्रभावित हुने हुदा यसैलाई केन्द्र बनाएर ७० करोडको अघि सरेको वेयर हाउस सहितको परियोजना सम्पन्न गरि सबै तिलोत्तामाका किसानहरु लाभान्वित हुने गरि कृषिमा नगरपालिकालाई अघि बढाइने बताए । रेहरगंज र रेहनाको समग्र कृषिक्षेत्रलाइ जोड्ने गरि करिव १५ कट्ठामा निर्माण गरिने कृषि उपज केन्द्रको छिट्टै निर्माण सम्पन्न भै कृषकको तरकारी यहि उपज केन्द्र बाटै बिक्रीवितरण थालिने नगरप्रमुख घिमिरेले बताए ।

सो कृषि सामग्री वितरण कार्यक्रममा कृषक समुहका अध्यक्ष तथा प्रतिनिधि एबम किसानसंगै बुद्दिजिबिहरुको उपस्थिति रहेको थियो । वडा नम्बर १४ को कार्यालय अघि वितरण गरिएको सो कार्यक्रम लगत्तै नगरप्रमुख बासुदेव घिमिरे, नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रबक्ता सुरेन्द्र श्री, कृषि शाखा अधिकृत जिबन आचार्य, वार्ड अध्यक्ष सोहन प्रसाद थारु, वार्ड नम्बर १४ वडा स्तरिय कृषि संजाल समितिका अध्यक्ष राम विलास केवट, पत्रकारहरु लगायतले कृषि अन्तर्गत सो वार्ड भरिका समग्र तरकारी खेतीको अबलोकन समेत गरेका थिए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नगरपालिकाका वडा कृषि शाखा अधिकृत जिबन आचार्यको संचालनमा भएको थियो ।

SHARE