बुटवल, २६ बैशाख । बुटवल ११ कालिकानगरमा झण्डै दश करोडको लागतमा महाराजा रिसोर्ट संचालनमा आएको छ । महाराजा गु्रप अफ कम्पनीले संचालनमा ल्याएको रिसोर्टले बिहीबारदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो । बुटवलका स्थानीय १० जना संचालकहरुले संचालनमा ल्याएको रिसोर्टमा खाना, बस्न तथा विवाह, पाटि लगायतका विभिन्न कार्यक्रमका लागि सुबिधा समेत रहेको प्रलिले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

प्रालिका अध्यक्ष ताराप्रसाद भण्डारीले समयको माग र ग्राहकको आवश्यकता अनुसार सुविधा सम्पन्न तथा ग्राहकले खोजेको रिसोर्ट तयार पार्न आफुहरु सफल भएको जानकारी दिनुभयो । उहाँले साढे ६ कट्ठा क्षेत्रफलमा खोलिएको रिर्साेटमा फाईनडाईन रेष्टुरण्ट, ५ सय क्षमताको बेङ्गक्यूट हल, लाउन्ज बार लगायतका सेवाको ब्यवस्था रहेको बताउनुभयो । उहाँका अनुसार रिसोर्टमा ३० वटा लक्जरीयस रुप, १५ वटा डिलब्स, ५ वटा सुपरियर तथा १० वटा स्ट्याण्डर्ड रुमहरु समेत छन् ।

सबै खानाका पारखिका लागि डेलिसियस खानाका परिकार पस्कने महाराजामा नेपाली, इण्डियन, चाईनिज, कन्टिनेन्टल लगायतका खानाका परिकारहरु रहेको उहाँले बताउनुभयो । हाल १०३ जनालाई प्रत्यक्ष रोजगारि दिएको रिसोर्टले निकट भविष्यमा स्वीमिङ्गपुल, फिटनेश हल, स्पा लगायतका सेवाहरुलाई विस्तार गर्ने योजना समेत रहेको प्रालिका संचालक माधव ढकालले जानकारी दिनुभयो ।

SHARE