मोहन न्यौपाने, तिलोत्तमा सिटी, बैशाख २६ ।

अहिले प्रदेश नम्बर ५ मा राजधानी कहा बनाउने र नाम के राख्ने भन्ने विषयमै गर्मि बढिरहदा लुम्बिनी भ्रमण बर्षको समेत चटारो ह्वात्तै बढेको छ । आधिकारिक रुपमा खबर नपाएको र जानकारी नभएको भन्दै तिलोत्तमा नगरपालिका शंकरनगर स्थित भ्यु टावरको शिलान्यासमा नगएका प्रदेश नम्बर ५ का उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरी अहिले लुम्बिनी भ्रमणको सफलताको लागि देश ब्यापी दुद धुपमा छन्  । भ्यु टावरको निर्माणमा खासै चासो नदेखाएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले लुम्बिनी भ्रमण बर्षको औपचारिक कार्यक्रम जेष्ठ ४ गते परेको बुद्द जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर उद्घाटन गर्ने तयारि गरेको छ।

५ नम्बर प्रदेशका मुख्यमन्त्रीले समेत सम्रिद्द प्रदेशको नारामा पर्यटनलाई आधार बनाएर सो लुम्बिनी भ्रमण बर्षमा बिशेस सहभागी जनाएका छन्  । लुम्बिनी भ्रमण बर्षका लागि देशव्यापी पत्रकार सम्मेलन र विभिन्न कार्यक्रम अनि बैठकका लागि मात्रै करोडौ खर्चने गरी कार्यक्रमको खाका तयार गरिएको छ ।

लुम्बिनीलाइ केन्द्र मानेर मनाउन लागिएको लुम्बिनी भ्रमण बर्षको लुम्बिनी क्षेत्र वरिपरिका बासिन्दालाइ त थाहा छैन नै यहाका मिडिया समेत अक्क न बक्क छन्  । बिभिन्न नगरपालिका तथा गाउपालिकाका प्रमुख तथा प्रतिनिधि भ्रमण बर्षका लागि कथित र देखावटि मात्रै लागेको पाइन्छ जसले उनीहरु संघिय सरकारको अबहेलना गर्न सक्दैनन् तर ठोस योजना र पालिकाहरुलाई कुनै किसिमको जिम्मा लगाइएको छैन ताकि देशका सडक, डाडा पाखामा लगाइएको ब्यानर र प्लेकार्डहरु कुनै पनि नगरपालिका वा वार्ड भवनमा देख्न पाइन्न  । अस्थायी राजधानीको नाममा परिचित बुटवलमा समेत सोको तारतम्य नमिलेको हो कि भन्ने देखिन्छ  ।

४ करोड २० लाखको खर्च अनुमानित गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ अहिलको बुद्द जयन्ति देखि आउने ७७ सालको बुद्द जयन्ति सम्म लक्षित गरिएको छ  । २० लाख आन्तरिक तथा बाह्य पर्यटकको आगमन आकलन गरिएको सो योजनामा ठोस योजना नहुदै मात्र लुम्बिनीलाई देखाएरै बजेट सकाउन प्रदेश सरकार तल्लिन देखिन्छ  । यसको उद्घाटनमा मात्रै ७० लाख विनियोजित गरिएको छ भने प्रचारप्रसारका लागि १ करोड २५ लाख रकम छुट्ट्यैएको छ  । त्यस्तै समिति गठन,बैठक भत्ता र खाजा खर्चमा मात्रै ४६ लाख ६० हजार रकमको निम्तो छ  । यसरि हेर्दा बुद्दको जन्मस्थललाई प्रचार प्रसार गर्ने र यसको महिमा जोगाउन खासै ध्यान दिएको पाइदैन  ।

एक प्रदेश मन्त्रालय स्रोतका अनुसार उद्घाटन कार्यक्रममा नै करोड खर्चिने तयारीप्रति मन्त्रालयभित्रै आलोचना भएको छ । विभिन्न समिति उपसमिति गठनमा खासै यस क्षेत्रका बिज्ञहरुसंग छलफल र सुझाब समेत नलिएको एक जानकार बताउछन  । लुम्बिनी भ्रमण बर्षका बारेमा बताउन गरेको प्रदेश सरकारको पत्रकार सम्मेलनमा समेत नजिकका र आसेपासे व्यक्तिहरुलाई मात्र खबर गरेको र प्रचार प्रसारका लागि समेत उनीहरुलाई नै लगाएको प्रति धेरै पत्रकारहरुले टिकाटिप्पणि समेत गरेका छन्  । लुम्बिनी भ्रमण बर्ष सफल हुनु र यसलाई हामि सबै मिलि सफल पार्नु हामि हरुकै लागि राम्रो हो तर हामीलाई नै कुनै खबर र कुनै बैठकमा नडाकिएको होटल तथा रेस्टुरेण्ट ब्यबसायी संघ रुपन्देहीका एक सदस्य बताउछन  ।

पर्यटनको आधार होटल ब्यबसायी र यस क्षेत्रका पर्यटकिय क्षेत्रलाइ समेटेर यसको योजना गर्नुपर्नेमा त्यसो नभएको उनीहरुको जिकिर छ  । देशकै पर्यटनको आधार मानिएको लुम्बिनी र यसको समग्र पर्यटनको बिकाशका लागि सबै जुटेर लाग्नुपर्ने मुख्यमन्त्री शंकर पोख्रेल बताउछन  । त्यसैमा थप्दै देशकै पर्यटनमा टेवा पुग्ने प्रदेश ५ कै सुन्दर र शान्तभुमि लुम्बिनीको भ्रमणमा सरिक हुन सबै देश बिदेशका पर्यटकलाई लुम्बिनीमा आउन आग्रह गरेका छन् यस प्रदेश नम्बर ५ का उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरीले ।

त्यसो त यस क्षेत्रको धरोहर को रुपमा धरहरा भन्दा पहिल्यै निर्माण सम्पन्न हुन गैरहेको समग्र लुम्बिनीसम्म देखिने तिलोत्तमा नगरपालिकाको भ्युटावर भने अहिले निर्माणको बिचौ चरणमा बेनामी मुद्दामा रोकिएको छ  । यसले के जानुछ भने सम्रिद्द नगरको परिकल्पनामा उत्रिएको तिलोत्तमा नगरलाई पर्यटनको आधार बनाउदै गर्दा लुम्बिनी र यससंग जोडिएका समग्र धार्मिक पर्यटकिय नगरहरु ओझेलमा पर्ने त होइन ?

SHARE