मोहन न्यौपाने, बैशाख २७ ।  शंकरनगर बनाबिहार तथा अनुसन्धान केन्द्र बनबाटिकाको आगनीमा बालबालिकाको लागि मनोरंजन बनाउने रेल शुरु भएको छ । ५५ लाखको लागतमा खरिद गरिएको ३ डब्बा सहितको सो मोनो रेलको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन्। १ डब्बामा बालबालिका ९ जना सम्म र बढी उमेरका ६ जना अटिने सो रेलमा चढेर ३ किलोमिटर यात्रा तय गर्न मात्र ५० रुपैया लाग्ने बनबाटिकाका सचिव खिमलाल पाण्डेले बताए ।

पछिल्लो समय बालबालिकासंगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनबाटिकामा बढ्दै गैरहेको बेला सो बालउद्दानमा रेल आउनुले अझै आकर्षण बढौन सक्ने अध्यक्ष बाबुराम अर्यालको भनाइ छ । बालमनोबिज्ञानलाई ध्यानमा राखेर मनोरंजनसंगै उनीहरुको खेल्न पाउने अधिकार सुनिश्चित गर्न बनबाटिकामा अर्को मनोरन्जनको साधन थपिएको प्रति नगरप्रमुख घिमिरेले यसले समग्र पर्यटकलाई खुसि थपेको बताएका छन् । तिलोत्तमा नगरपालिकाले बिकाश गतिलाई छिटो-छिटो पछ्याउदै गएकोमा पर्यटनको आधारलाइ यस्ता पर्यटकिय स्थानले टेवा दिने नगरप्रमुख घिमिरेले बताए ।

चालक सहचालक र ब्यबस्थापनका एकजना गरि जम्मा ३ जनाको रोजगारी रहने सो रेलमा घुम्न बनबाटिका उद्दानमा लिग तयार गरिएको छ । सो रेलको सहकार्य र सहयोगमा रोटरी क्लबलाइ लीइएको छ ।  निकट भविष्यमै रेलसंगै सबै बनबाटिका सत्र सजिलै घुम्न सकिने र बोटिङ्गको समेत ब्यबस्था गरिने बनबाटिका ब्यबस्थापन समितिका सचिव खिमलाल पाण्डे बताउछन । यस क्षेत्रको सुन्दर हरियाली शान्त क्षेत्र र पर्यटकिय क्षेत्रको रुपमा चिनिएको बनबाटिका तिलोत्तमा नगरपालिकाको प्रमुख गन्तव्य मध्य एक हो ।

SHARE