मौसमको पूर्वानुमान गर्ने भनेको मौसम पूर्वानुमान पद्धतिले हो । वर्षौँ पहिले यो पद्धति विकास गरिएको थियो । त्यही पद्धतिबाट हामीले अहिले मौसम पूर्वानुमान गरिरहेका छौँ । तर यसले स–साना स्थानीयस्तरमा उत्पन्न हुने वायुलाई मापन गर्न सक्दैन ।

नेपालमा मात्र होइन, विकसित देशमा पनि यस किसिमका वायुलार्ई मापन गर्ने छुट्टै अध्ययन अनुसन्धान गर्ने निकाय चाहिन्छ । जसले नयाँ नयाँ मोडलको विकास गर्न सक्छ । तर अहिले हामीले पुरानै ‘मोडल’लाई प्रयोग गरिरहेका छौँ । जल तथा मौसम विज्ञान विभाग स्थापना भएको ५० वर्ष पूरा भएको छ । तर अहिलेसम्म पनि हामीले हाम्रा संरचनालाई बलियो बनाउन सकेका छैनौँ । अध्ययन र अनुसन्धानलाई फराकिलो बनाउन सकेका छैनौँ ।

विकसित देशबाट भित्र्याइएका ‘मोडल’लाई आफ्नो देशमा ल्याइसकेपछि हाम्रो नेपालकै ‘डाटा’ हाल्नुपर्ने हो । त्यसमा अटोमेटिक मेशिन राख्नुपर्छ । रेडियसन राख्नुपर्छ । मौसमी राडार राख्नुपर्छ । स्याटेलाइटको डाटाहरु पनि राख्नुपर्छ । हावाहुरी सामान्यतया चैतदेखि जेठ महिनासम्मै चल्छ । प्रिमनसुनको समय भएकाले यो समय ठूलो हावाहुरी चल्ने, घर भत्किने, छाना उडाउने हुन्छ । हामीले अहिलेसम्म देखेको हावाहुरी भनेको घरको छाना उडाउनेसम्मको हो । तर बारा र पर्सामा आएको हावाहुरी आँधीजस्तो छ । जसले केहीबेरमै ठूलो धनजनको क्षति र्पुयायो ।

त्यसैले हावाहुरी चल्नासाथ सतर्क हुन जरुरी छ । हावा चल्यो, हुरी आयो, आकाश गड्याङगुडुङ भयो, बिजुली चम्किएजस्तो भयो, चट्याङ र्पयो भने तत्कालै सुरक्षित ठाउँमा बस्नुपर्छ । यस्तो बेला बाहिर बस्नु निकै जोखिम हुन्छ । कतिपय बिजुलीको पोल र रुखमुनि बस्नुहुन्छ । यो झन डरलाग्दो हुन्छ । चट्याङ पर्ने भनेकै बिजुलीको पोल र रुखमा हो । त्यसैले हावाहुरी चल्नासाथ घरभित्र सुरक्षित भएर बस्नुपर्छ । कच्चा संरचनाको घरभित्र पनि जोखिम नै हुन्छ ।

त्यसैले हावाहुरी चल्नासाथ सुरक्षित ठाउँमा बस्ने र्गयो सतर्क भयो भने धेरै हदसम्म ज्यान जोगाउन सकिन्छ । हामीसँग प्रविधि नभएपछि आफैँले ज्यान जोगाउनुको विकल्प पनि छैन ।

SHARE