तिलोत्तमा । तिलोत्तमा नगरपालीका भित्र रहेका सिकर्मी तथा डकर्मिहरुको लागि एक हप्ते सैद्धान्तिक तथा व्यावहारिक तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । तिलोत्तमा नगरपालीको आयोजना तथा युनिभर्सल ईलेक्ट्रो टेक्निकल ईन्ष्टिच्युटको व्यवस्थापनमा तालिम सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रमा बोल्दै तिलोत्तमा नगरपालीकाका उपप्रमुख जागेश्वरि देवी चौधरिले नगरपालीकाले प्रदान गरेको तालिमलाई प्रशिक्षर्थीहरुले व्यावहारमा लागु गर्नुपर्ने बताउनुभयो । उहाले नगरपालीका भित्र निमार्ण गरिने निमार्ण कार्यका व्यवसायीहरुमा नगरपालीकामा रहेको निती तथा नियमको जानकारि हुदा घर धनिहरुलाई समेत फाईदा पुग्ने उल्लेख गर्नुभयो ।
नगर प्रवत्ता सुरेन्द्र श्रीले नगरपालीकाले प्रदान गरेको तालीमबाट नगर भित्रका सिकर्मी तथा डकर्मीहरुले प्रदान गर्ने सेवामा गुणस्तरियता आउने विश्वास नगरपालीकाले लिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थी तथा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ सल्लाहकार सुशिल घिमिरे, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ईकाई अध्यक्ष सहर्षराम चौधरि लगायतले बोल्नुभएको थियो । कर्यक्रम तिलोत्तमा नगरपालीकाका ईन्जिनियर मनिष खनालको स्वागत तथा कार्यपालीका सदस्य तथा वडा नम्बर ५ का वडा अध्यक्ष चेतनारायण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा रञ्जीत सिंह चौधरी र गणेश महोत्तराले प्रशिक्षण दिनु भएको थियो ।

SHARE