कार्यालय समय सुरु हुनुअगावै सेवाग्राहीको भीडले यातायात व्यवस्था कार्यालय बुटवल (हाल मणिग्राम) मा बाक्लो चहलपहल छ । सेवाग्राहीहरू काम फत्ते गर्न सरकारी कर्मचारीकोमा सिधै जादा छिटो र सहज नहुने भन्दै बिचौलियाको सम्पर्कमा गइरहेका दृश्य पनि देखिन्छ । बिचौलियाहरू दौडधुपमा छन् भने सरकारी कर्मचारी सेवाग्राहीको काम गर्नमा नै व्यस्त छन् । बिचौलियाहरू सेवाग्राहीसँग खासखुस गर्दै अतिरिक्त शुल्कका लागि संकेत गरिरहेका देखिन्छन् भने साइडमा बिचौलिया देखेपछि काम पनि फटाफट भएको देखिन्छ ।

सवारी दर्ता किताव (बिलबुक)को नयाँ आवेदन तथा नवीकरणका लागि लाइन बसेका सेवाग्राहीको लाइन नागवेली बन्दै घाममा बाहिरि कम्पाउण्ड सम्म पुगेको देखिन्छ।

निःशुल्क फारमका लागि रकम तिर्नुपर्ने बाध्यता
सवारी दर्ता किताव (बिलबुक)को नयाँ आवेदन तथा नवीकरणका लागि फर्म व्यवस्था विभागले गरेको छ । यसका लागि निःशुल्क पाउने र भर्ने ब्यबस्था छ । तर, सेवाग्राहीले सजिलै सो फारम भर्न सक्दैनन् । यसको फाइदा उठाउँदै कार्यालयवरपर रहेका फोटोकपी तथा प्रिन्ट सेन्टर, साइबरलगायतले प्रतिफारम ५० देखि सय रुपैयाँसम्म दस्तुर लिएर सेवाग्राहीसँग रकम असुल्ने गरेको पाइएको छ ।कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले धेरै समयसम्म प्रयास गर्दा फारम भर्न नसकेको र कार्यालय आसपासको फोटोकपी सेन्टरमा बसेका लेखनदास हरुले निश्चित रकम लिएर मात्रै फारम भरिदिएको बताउँछन् ।

अन्य विभिन्न प्रक्रियाका लागि लामो लाइन बस्नुपर्ने भएकाले बिचौलियासमेत सल्बलाएका देखिन्छन् । जानकारहरु सरकारको नियम अनुसार भर्ने नपर्ने फर्मलाइ कार्यालय बाहिरका व्यक्तिलाई अनाधिकृत रुपमा फारम बाढ्नु नै सरकारको लाचारीपन भएको बताउछन । केही रकम दिए सेवाग्राहीलाई लाइन बस्नुनपर्ने र बिलबुक नाबिकरनामा सहज हुन बिचौलियाले सहयोग गर्ने गरेका छन् ।

यस बारेमा जिज्ञासा राख्दा यातायात कार्यालयका एक कर्मचारीले नाम नबताउने शर्तमा सेवाग्राहीकै कारण बिचौलियाले फाइदा उठाइरहेको बताए ।उनले यातायात क्षेत्रमा बिचौलियाको बिगबिगी बढेको गुनासो आएपछि त्यसको नियन्त्रणका लागि कार्यालय आफैले पनि प्रक्रिया अघि बढाएको र यसप्रति सेवाग्राही आफैँ सजग र सचेत हुनुपर्ने बताएका छन्।

पछिल्लो समय यातायात कार्यालय मणिग्राम मा सरेपछि केहि सहज देखिएपनि यातायात कार्यालयले निशुल्क उपलब्ध गराउनुपर्ने फर्म बाहिर रकम तिरेपछि मात्र पाइने परिपाटीको अन्त्य हुनु जरुरी छ ।

SHARE