मोहन न्यौपाने, तिलोत्तमा । तिलोत्तमाका युवाहरुद्वारा भ्रष्टाचारको बिरोध एवम भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई अमानबिय तवरले मरणासन्न हुने गरि यातना दिने प्रहरी प्रशासनको बिरोधमा कडा कारवाही एवम निजको रिहाईको माग गर्दै बिरोध सभा गरिएको छ । यस क्षेत्रका स्थानिय युवाहरुको पहलमा गणेश पाठकको संयोजन तथा नेतृत्वमा आज मणिग्राम चोकमा सो कार्यको घोर भत्सर्ना गर्दै कोणसभा सम्पन्न गरेका छन् ।

देशमा दुइ तिहाइ मत प्राप्त गरेको सरकार झन् निरङ्कुश बन्दै गएको र दोषी ठानीए पनि दोषीलाई कानुनत कारबाही गर्नुपर्नेमा प्रशासनले निरङ्कुश प्रवृति देखाएकोमा युवाहरुले सो कार्यको निन्दा गरेका हुन् ।
सो अवसरमा बोल्दै कार्यक्रम संयोजक गणेश पाठकले समग्र युवाहरुको तर्फबाट बोल्ने र भ्रस्टाचारको खुलेर बिरोध गर्ने ज्ञानेन्द्र शाहीलाई पश्चिम खुलामंचबाट पक्राउ गरि अमानबिय ब्यबहार गर्दै , कुट्दै कुट्दै काठमान्डौसम्म पुर्याउने प्रहरी प्रशासन तथा पक्राउ गर्न आदेश दिने सबै प्रति बिरोध गर्दै उनीहरुलाई कानुनको कठघरामा ल्याउनुपर्ने बताए ।

लोकतन्त्र कसैको बिरता नभएको भन्दै लोकतन्त्रमा बोल्न पाउने र नकारात्मक कुराको बिरोध गर्न पाउने अधिकार हर नेपालीलाई भएको भन्दै पाठकले सरकारको यस्तो कार्यको निन्दा गरेका छन् । तिलोत्तामाका स्थानिय युवाहरुको बाक्लो जमघट भएको सो बिरोध सभामा सामाजिक अभियन्ताहरु गणेश पन्थी,  सुवास लामिछाने , मदनकृष्ण अर्याल, गणेश पौडेल  लगायतले भ्रस्टाचार र विसंगतिको बिरोध गर्ने ज्ञानेन्द्र शाहीलाइ निशर्त रिहा गर्न र दोषी प्रहरीलाई कारबाही गर्न समेत माग गरेका छन् ।

SHARE