सांसद बालकृष्ण खाँडले संघीय बजेटमा मसिना र साना योजना समेटेर स्थानीय सरकारलाई अधिकार नदिएको बताएका छन् । संघीय संसदमा सदस्यहरुले कानून बनाउने लगायतका काम गर्नुपर्ने बताए ।सांसद खाँडले आगामी आवको बजेट ऋणात्मक रहेको धारणा राखे । उनले भने ‘यो बजेट बजेट कागजको घोडा जस्तै छ, कागजको घोडा दौडाएर कहीँ पुग्दैन ।

अली ठूलो बनाएको भए देशमा रेल र पानी जहाज आउने थियो होला । जनताको देशभित्रै पानी जहाज चढने सपना पूरा हुने थियो होला त्यो हुन सकेन ।’उनले गाँउपालिकाका अध्यक्ष सदस्यको भूमिका के हो त्यो बुझ्दै उनीहरुले गर्ने कामको विषयमा किन विश्वास गर्न नसकेको भन्दै सरकारलाई यसमा ध्यान दिन आग्रह गरेका छन् ।नेपालको ५२ वटा जिल्लामा औषत उमेरको सीमा नै ६५ वर्ष रहेको भन्दै सामाजिक सुरक्षामा सहभागी हुने जेष्ठ नागरिकलाई ६५ वर्ष कायम गर्न आग्रह गरेका छन् ।

पूर्व सरकारले ६५ वर्ष नै गरेपनि यो सरकारले किन ७० वर्षमा लगेको भनेर जवाफ मागेका छन् ।सरकारले अझै कर्मचारीको तलब बढाउन माग गरेका छन् । उनले भने अहिले सामान्य कार्यालय सहयोगीको तलब नै १६ हजारभन्दा बढी छ, तलब बढ्दा ३ हजारभन्दा बढी हुन्छ, तर प्रधानमन्त्रीको तलब बढ्दा १३ हजारभन्दा बढी हुन्छ, प्रधानमन्त्रीको बढेको तलब त कार्यालय सहयोगीको जति नै पो हुने रहेछ ।’यो बजेट कुनै पनि हालतमा समाजवाद, साम्यवाद उन्मूख हुन नसकेको उनको तर्क छ ।

SHARE