मोहन न्यौपाने तिलोत्तमा सिटी ।  तिलोत्तमा न.पा. अतिरीक्त क्रियाकलाप समितिद्धारा नगर स्तरिय मा.वि. “जिवनोपयोगी शिक्षा, हाम्रो अपेक्षा” भन्ने विषयक वक्तृत्वकला सम्पन्न गरेको छ । नगरपालिका भित्रका १९ वटा विद्यालयहरु सहभागि सो प्रतियोगिताको उपाधि जनजागृति मावि जोगीकुटीले प्राप्त गरेको छ।

प्रतियोगितामा सहभागी हुदै जनजागृति मा.वि. कि छात्रा स्नेहा पौडेल प्रथम , शान्ति नमूना मा.वि. मणिग्रामकि छात्रा सन्ध्या वास्ताकोटी द्धितीय, गिर्वाण मा.वि. का छात्र किरण भट्टराई तृतीय र जनभावना मा. वि. का छात्र सृजन भण्डारी सान्त्वना भई क्रमश ७ हजार ,५ हजार ३ हजार र २ हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । शान्ति नमूना मा.वि. का प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षता, तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न सो प्रतियोगितामा पूर्व जि.शि.अ. टेक बहादुर थापा, शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लिराज भण्डारी, तिलोत्तमा न.पा.का वि.नि. सुदिप गिरिले आफ्ना भनाइहरु राख्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि सापकोटाले नगरपालिका भित्र गरिने सम्पूर्ण अतिरिक्त क्रियाकलापहरुलाई आगामि बर्षको बजेटमा समावेश गरि अझै प्रभावकारी र ससक्त रुपमा संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

सो वक्तृत्वकला प्रतियोगिताको निर्णायकमण्डलमा बहुमुखी क्यम्पस बुटवलका उप–प्रध्यापक ऋषिराम भुसाल र प्रेम तिवारी रहेका थिए । तिलोत्तमा नगरपालिका बिद्यालय अतिरिक्त क्रियाकलाप संयोजक तथा जनजागृति मा.वि. का प्रधानाध्यापक टंक प्रसाद पौडेलको स्वागत तथा कार्यक्रमको महत्व तथा आवश्यक्ता माथि प्रकाश पार्नु भएको कार्यक्रमको संचालन जनभावना मा.वि. का प्रधानाध्यापक सम्भु प्रसाद पराजुलीले गर्नुभएको थियो ।

SHARE