मिन प्रसाद गैरे , गुल्मी , २९ जेष्ठ । पश्चिम नेपालको प्रदेश नम्बर ५ स्थित गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका रुपाकोट-७ का कृषकलाई बांदरले सारै सास्ती दिन थालेको छ । वांदरले स्थानीय कृषकको खेतीपाती सखाप पारि दिएको छ । हाल खेतबारीमा रहेका मकै तथा अन्य बाली बांदरले सखाप पारिसकेको छ भने घर स्कुल गर्ने स-साना बालबालिका र बृद्दबृदालाई समेत हिंड्न दिएका छैनन् ।

बांदरको यस्तो ज्यादती पछि स्थानीय कृषकले बांदर नियन्त्रणका लागि पहल गरिदिन स्थानिय प्रशाशन तथा गाउपालिकालाई अनुरोध गरेका छन् । जिल्ला कै हुँगा, चिदीपानी, मजुवा तुरांग लगायतका स्थानिय बासि र व्यवसायी पनि बाँदरका कारण हैरान छन् । बादरले अन्नबाली खाने, भाच्ने, छानो च्यात्ने संगै कति पटक पस्केको भात नैं बाँदरले बोकेर हिंडेको स्थानीय सुनाउंछन् । गुल्मी चन्द्रकोटको क्षेत्रमा पर्ने जंगल क्षेत्रका स्थानीयलाई बढीजसो बांदरले उत्तिकै सताउने गरेका छन् । दिउसो होस् या राती, हरेक समयमा जंगल क्षेत्रबाट आउने बादरले किसानको बालीनाली नष्ट गर्ने गरेको छ ।

जिल्ला स्थित सो क्षेत्रमा किसानले लगाएको मकै लगायत अन्य फलफूलका बाली नष्ट गरिदिएपछि स्थानीय मारमा छन् । किसानहरुका अनुसार एक साता यता अचाक्ली रुपमा प्रत्येक दिनरात बादरले दुःख दिने गरेको छ । तर पनि बनसंग सम्बन्धित निकायले चाँसो दिएको छैन ।

SHARE