विश्व रक्तदाता दिवसको अवसरमा बुटवल दिवसको औचित्यका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘स्वथ्य रगत सवैका लागि’ भन्ने नाराका साथमा दिवस मनाएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही र रक्तसन्चार सेव केन्द्र बुटवलको आयोजनामा रिपार्टर्स क्लव नेपाल प्रदेश ५ बुटवलमा भएको कार्यक्रममा रक्तदानले शरीरमा कुनै असर पार्दैन भन्ने कुराको जागरण ल्याउनु अवस्यक रहेको बताए । उनीहरुले रक्तदान गर्दा स्वस्थ्यमा असर पर्छकी भन्ने डरले रक्तदान गर्न पछि पर्ने गरेको भन्दै त्यस्तो भ्रम चिर्न पनि नयाँ खालको जागरणको अवस्यकता औँलाए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्ण खनालले अस्पतालले विरामीको आर्थिक अवस्था हेरी सहुलियत दिने गरेको बताए । उनले स्थानीय तहहरुले जिम्मेवारी पुरा गर्ने गरी सिफासिस गर्न अझै पनि नसकेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै मेलानका केन्द्रिय उपाध्यक्ष रमेश पान्डेले चेक जाँच गर्ने मेसिनहरुको खरावीका कारण परिणाम गलत आउने गरेको बताए । उनले पछिल्लो समय रक्तदानमा केही जागरण आए पनि व्यापक बनाउन अभियान संचालन गर्नुपर्ने बताए ।
आम्दा अस्पतालका कार्यवाहाक प्रमुख केशव शर्माले अस्पतालहरुले रक्तसंचार केन्द्रसँग समन्वय गरिरहेको बताए । उनले कतिपय अवस्थामा अस्पतालका कर्मचारीको कमजोरीका कारण घट्ना घट्ने गरेको भन्दै सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले मानवको सेवा र संरक्षण गर्नु हामी सबैको दायित्व हो ।यस्मा सरकार उदासिन देखिन्छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष प्रेम लाल उदासको अध्यक्षता, कृष्ण चौहान क्षेत्रीको संचालनमा भएको कार्यक्रममा पत्रकार, सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

SHARE