राजन पन्थी । निर्धन उत्थान लघुबित्त बित्तीय संस्था लि. केन्द्रिय कर्मचारी युनियन काठमाण्डौले आफ्ना माग पुरा गर्न संस्थाको ब्यबस्थापन पक्षलाई ३०दिने अल्टिमेटम दिएको छ। युनियनले संस्था ब्यबस्थापनसंग बिगतमा भएका सहमती कार्यान्वयन र सेवा सुबिधामा बृध्दी लगायतका ७ बुदे माग पुरा गर्न भन्दै सो अल्टिमेटम दिईएको जनाएको छ।

युनियनले ब्यबस्थापन पक्ष संग वार्ताका लागि महेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा ५सदस्यिय वार्ता टोली समेत गठन गरेको छ। युनियनका केन्द्रिय अध्यक्ष भोज बहादुर लामिछाने द्वारा हस्ताक्षरित पत्रमा सो कुरा बताईएको हो। ब्यबस्थापन पक्ष समक्ष प्रस्तुत उक्त पत्रलाई सरोकारवाला निकायहरु श्रम कार्यालय र नेपाल राष्ट्र बैक लगायतका ८ ठाँउमा बोधार्थ समेत दिईएको युनियनले जनाएको छ।

SHARE