मणिग्राम जेठ ३० गते । ” पुष्प खेती गरौ आत्मनिर्भर बनौं, आयात होईन निर्यात गरौ ” भन्ने नाराका साथ ब्यवसायिक पुष्पखेती,नर्ससरी निर्माण तथा बगैचा ब्यवस्थापन सम्बन्धी एकहप्ते तालिम तिलोत्तमा ५ मणिग्राममा सम्पन्न भएको छ ।

प्रदेश ५ भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोग र फ्लोरी कल्चर एशोसिएसनको सह आयोजनामा भएको तालीममा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना शाखा अधिकृत आशा भण्डारीले प्रदेश ५ लाई फुलमा आत्म निर्भर बनाउनका लागी प्रदेश स्तरीय तालीमको आयोना गरेको बताउनुभयो । उहाँले फुलखेतीले वातावरण सन्तुलनमा मद्दत हुने र आयआर्जनको राम्रो श्रोत रहेको पनि बताउनुभयो । उहाँले करौडौ रकम बिदेश जाने जनशक्तिी बिदेश पलायन हुनेहुँदा फुलखेतीले रोजगारीको श्रृजनाहुने बताउनुभयो ।

उहाँले नेपाल सरकारले कृषिमा बिशेष जोड दिदै कृषिका कुनै पनि बिधामा कामगर्न चाहने किसानलाई अनुदान, सहुलियत कर्जा लगायतका योजना अगाडी सारेको उल्लेख गर्नुभयो । कार्यक्रममा मन्त्रालयका योजना शाखा अधिकृत लक्ष्मण घिमिरेले प्रदेश ५ भुगोल अनुसार सुहाउँदो हावापानी रहेकाले बर्षभरी फुलको उत्पादन लिन सकिने बताउनुभयो । उहाँले १२ जिल्लामा पकेटक्षेत्र बिकास गरी फुलखेतीका बिकास गर्नमा जोड दिनुभयो । सो कार्यक्रममा बोल्दै योजना शाखा अधिकृत लक्ष्मण घिमिरेले सहकारीलाई कृषिमा जोड्न सबै एक हुनुपर्नेमा जोड दिनुभएको थियो ।

फ्लोरी कल्चर एशोसिएसन रुपन्देहीका अध्यक्ष श्रृजना बश्यालको अध्यक्षता, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना शाखा अधिकृत आशा भण्डारीको प्रमुख आतिथ्य र योजना शाखा अधिकृत लक्ष्मण घिमिरेको बिशिष्ट आतिथ्यमा भएको तालीमको सहजीकरण लुम्बिनी नर्सरी तिलोत्तमाका संचालक रमेश पाण्डे, अर्गानिक मल उत्पादक कृषक तिलक भण्डारीले गर्नुभएको थियो । तालीममा प्रदेश ५ का २५ जना कृषकहरुको सहभागिता रहेको थियो ।

SHARE