बुटवल,जेठ ३० । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिश्व रक्तदाता दिवसको सन्दर्भमा बुटवलको रक्त संचार केन्द्रमा आयोजित कार्यक्रमममा ४० युनिट रगत संकलन भएको मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालले बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका सचेतक निर्मला क्षेत्रीले मानवीयतासंग जोडिएको रक्तदान कार्यक्रमको बारेमा सचेतना फैलाउन जरुरी रहेको बताइन् । उनले मान्छेको जीवन बचाउने रगतदान जस्तो पुण्यकर्म सबैले गर्नुपर्ने समेत बताइन् ।

क्षेत्रीले सरकारले जनताको हक अधिकार कुण्ठित गर्नेकाममा लागेको भन्दै गलत कामको बिपक्षमा उभिन संचारकर्मीलाइ आग्रह समेत गरिन् । सो अवसरमा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले जिल्ला शाखाको गतिबिधिले समाजकै शीर उचो बनाएको बताए । उनले जीवन बचाउने कर्म भनेकै रक्तदान भएको भन्दै रक्तदाताको संख्या बढाउदै रगतलाइ निशुल्क बनाउनुपर्ने बताए ।

कार्यक्रममा समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनी,अधिकारकर्मी माया गौतम,उच्च अदालत बुटवल बारका अध्यक्ष खडानन्द भण्डारी,कार्यक्रम संयोजक कउष्ण चौहान क्षेत्री लगायतले बोल्नुभएको थियो । समाजका जिल्ला सभापति डीपी खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका रुपन्देही सहसचिब कपिल ज्ञवालीले गरेका थिए । कार्यक्रममा रक्तसंचार केन्द्र बुटवलको प्राबिधिक टोलीले सहयोग पु¥याएको थियो ।

SHARE