रुपन्देहीको भलवारी स्थिीत प्रभात आधाभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । क्याप्टेन रेशम के सी एवम् उहाँकी धर्मपत्ती सीता के सी ले उक्त विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि कक्षा ५ सम्मका छात्रा छात्र हरुलाई स्कुल युनिफर्म तथा शैक्षिक सामाग्री प्रदान गर्नु भएको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा आर्थिक रुपमा सम्पन्न व्यक्तिहरु अधिकांश भए पनि सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति कम भएको बताएका थिए ।

त्यस्तै संहयोगी दाता क्याप्टेन रेशम केसी एवम् उहाँकी धर्मपत्ती सीता के सी लाई सामाजिक रुपमा संहयोग प्रदान गरेकोमा धन्यवाद दिनुका साथै यस्ता किसिमको संहयोग विद्यार्थीको भर्ना अभियानमा दिन आग्रह गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई कपी , कलम , चप्पल , युनिफर्म , झोला लगायतका सामाग्रीहरु वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद पंगेनीको अध्यक्ष्ता , संहयोगी दाता रेशम केसी को प्रमुख आतित्था, ई. दुजेन्द्र बस्नेतको स्वागत , भुपाल गिरी , देवाननद पाण्डे, बाबुलाल यादवको शुभकामना मन्तव्य र विद्यालयका पूर्व अध्यक्ष राजेन्द्र सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

SHARE