छैटौँ उदयपुर गोल्डकपमा आयोजक उदयपुर एफसीलाई पराजित गर्दै रुपन्देहीको गोर्खा ब्वाइज एफसी फाइनलमा प्रवेश गरेको छ ।सहज जीतका लागि गोर्खा ब्वाइजले पहिलो हाफमा तीन गोल गरेर आयोजकलाई स्तब्ध बनाएको थियो ।

खेलको ३ मिनेटमै सुशिल यादवले गोल गरेर गोर्खा ब्वाइजलाई अग्रता दिलाएका थिए ।एकपछि अर्को दबाब झेलेको उदयपुरलाई पछि पार्न गोर्खा ब्वाइजका लागि विदेशी खेलाडी डेनियलले खेलको १८औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए ।त्यस्तै, अर्का विदेशी खेलाडी फोफोनाले अर्को गोल गरेर पहिलो हाफमै ३-० गोलको फराकिलो अन्तर निकाले । उनले खेलको २२औँ मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा फाफोनाले गरेको प्रहार क्रस बारमा लागेर फर्कियो । खेलको ६५औँ मिनेटमा फोफोनाले गरेको प्रहार फर्किंदा फोफोना ४-० स्थितिमा ल्याउन असफल रहे ।दोस्रो हाफमा उदयपुरका खेलाडीले सुधारिएको प्रदर्शन गरे । दोस्रो हाफको ३३औँ मिनेटमा सुनिल खड्काले गोल गरेर गोलअन्तर घटाए । तर, जीत सम्भव भएन ।उदयपुरले एक गोल फर्काउँदा समर्थकले केही आशा गरेका थिए ।

छैटौँ संस्करणमा आइपुग्दा उदयपुरले पहिलोपल्ट सेमिफाइनल खेल खेलेको हो ।तर, गोर्खा ब्वाइजका लागि फोफोनाले ३७औँ मिनेटमा अर्को गोल गरे । उनले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरेर फेरि गोलको दूरी बढाउन सफल भएका थिए ।खेलको म्यान अफ दी म्याच रुपन्देहीका विदेशी खेलाडी पेपे घोषित भए । उनले नगद ७ हजार पाए ।

उपाधि भिडन्तमा गोर्खा ब्वाइज रुपन्देहीले शनिबार सशस्त्र प्रहरीको एपीएफ टिमसँग फाइनल खेल्नेछ । उपाधि विजेताले नगद ५ लाख पाउनेछ भने उपविजेताले ३ लाख रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।

SHARE