मोहन न्यौपाने , असार ११ तिलोत्तमा । बिकास, अनुशासन र गतिशिलताको नारालाई साथ् लिदै आएको तिलोत्तमा फुटवल एकेडेमीको आयोजनामा यहि असार १३ गतेदेखि वडा नम्वर १ को चप्परहट्टी स्थित खेल मैदानमा हुने तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताको बारेमा बिस्तृत जानकारी दिन आयोजक सस्था तिलोत्तमा फुटवल एकेडेमीले ड्राइभरटोल स्थित होटल टुलिपमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको खेल तालिकाको सार्बजनिक गर्दै तिलोत्तमा नगरपालिका वडा नम्वर ३ का वडा सदस्य तथा एकेडेमीका सल्लाहकार तेज बहादुर गुरुगंले तिलोत्तमा मेयर कप तिलोत्तमा बासीको मात्र नभएर सबैको लागि खेलकुदले पुराउने योगदान का लागि भएकोले आ आफ्नो तवरबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

असार २८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही नवलपरासी र पाल्पाका उत्कृष्ट खेलाडी सहितका १६ टिमको सहभागिता रहने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेता टीमले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने अध्यक्ष नेपालीले बताउनुभयो । प्रतियोगितामा जिल्ला बाहीरका टीम तथा सेमिफाइनल सम्म पुग्ने टिमलाई प्रति टीम २ हजार रुपैया म्याच मनी बापत प्रोत्साहन रकम दिइने पनि एकेडेमीका महासचिव युवराज पराजुलीले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ठ खेलाडीलाई बिशेष पुरस्कार र उत्कृष्ठ रिपोटिगं गर्ने पत्रकारलाई ५ हजार रुपैया सहित सम्मान गरीने पराजुलीले बताउनुभयो । सो पत्रकार सम्मेलनमा अध्यक्ष तिलक नेपाली, महासचिव युवराज पराजुली, प्रमुख अतिथि वार्ड सदस्य तिलोत्तमा ३ का तेज बहादुर गुरुगंसंगै एकेडेमिका आर्थिक संयोजक लाल प्रकाश थापा, प्रचार प्रसार संयोजक तिल बहादुर गुरुङ , टिम ब्यबस्थापन तथा मुख्य प्रशिक्षक यम गुरुङ, सहायक प्रशिक्षक बिकास गुरुङ, उदय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

करिव साढे १२ लाख रुपैया खर्च हुने अनुमान गरीएको प्रतियोगिताको संरक्षकमा तिलोत्तमा नगरपालिका रहेको छ । उत्कृष्ट खेलाडी र पत्रकारलाई तिलोत्तमाको योगिकुटी स्थित गुड टाइम फेमेली रेष्टुरेण्ट ( फ़ुटसल नजिकै ) ले सौजन्य गर्ने छ । प्रतियोगिताको असार १३ गते नगरप्रमुख बासुदेव घिमिरेले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

तिलोत्तमा-१ स्थित चप्परहट्टिको खेल मैदानमा खेल हेर्न ५० रुपैया टिकट शुल्क राखिएपनि महिला, बालबालिका, जेष्ठ नागरीक तथा अपागंता भएका व्यक्तिहरुलाई नि:शुल्क प्रबेशको व्यवस्था गरीने छ । यसैवर्ष मात्रै स्थापना भै हाल एकजना बालिका सहित २५ जना खेलकुदको प्रशिक्षण गराइरहेको एकेडेमिले अव प्रत्येक वर्ष तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिता सहित बिभिन्न प्रतियोगिताको आयोजना गर्ने बताएको छ ।

SHARE