रुपन्देहीमा भूमिगत पानीको अत्याधिक दोहनले खानेपानीको समस्या देखिन थालेको छ । भैरहवा–लुम्बिनी भूमिगत जल परियोजना (भैलुभुज) ले जडान गरेको बोरिङ्गले झनै समस्या ल्याउन थालेको स्थानीयको भनाइ छ । वातावरण बचाउ आन्दोलनका अभियन्ता नारायणप्रसाद सापकोटाले अहिले नदीको अत्याधिक उत्खनन् भइरहेकाले पानीको समस्या निम्तिएको बताउनुहुन्छ–“यसले भविष्यमा पानीको भयानक समस्या हुने देखिन्छ”।

रोहिणी गाउँपालिकाले आफ्नो क्षेत्रमा रोपाइँ प्रयोजनका लागि गाडिएका बोरिङ्ग बन्द गराएको छ । खानेपानीको अभाव हुँदै गएपछि यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले बताउनुभयो । प्रत्येक वर्ष नदीको मापदण्डविपरीत उत्खनन् भइरहेको छ । रुपन्देहीका तिनाउ, दानव, रोहिणीको चरम दोहन हुँदा समेत खानेपानीको अभाव सिर्जना भएको छ । नेपाल खानेपानी संस्थान भैरहवा शाखाका प्रमुख इञ्जिनियर अजयकुमार साहले खानेपानी संस्थानको वितरणमा खासै समस्या नभए पनि ग्राहकको माग भने बढ्दै गएको बताउनुभयो । “पानी नपरेका कारण हेण्डपम्पहरुमा पानी सुक्दै गएकाले संस्थानको पानीको माग पनि बढ्दै गएको छ, यही गतिमा माग बढ्दै जाने हो भने भविष्यमा खानेपानीको चरम अभाव हुने देखिन्छ”–उहाँले भन्नुभयो ।

चापाकल नराम्ररी प्रभावित
राजन पन्थी । अत्यधिक गर्मी र समयमा पानी नपर्दा कृषि कार्यका लागि भूमिगत पानीको अत्यधिक दोहन बढ्दै गएपछी तराईको खानेपानीको प्रमुख स्रोत चापाकल नराम्ररी प्रभावित भएका छन्।घरमा जडान गरेको चापाकलबाट पानी नआएपछी प्रायजसो गृहणी महिलाहरु गर्न यत्रतत्र पुगेर पानीको जोहोगर्न थालेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. १७ बरौलिया डाँडाका अधिकांश को खानेपानी को मुख्य स्रोत सिचाईको लागि जडित डिप ट्यूबवेल हुन गएको छ। हिजोआज त्यहाँ ट्यूबवेल चल्नासाथ पानीको भाँडा भर्न लाईन लाग्ने गरेको छ ।

SHARE