प्रत्येक वर्ष प्लस टु कलेजले लिने शुल्कको विषयलाई लिएर टिकाटिप्पणी सुनिन्छ । अभिभावक र विज्ञहरु शुल्क महंगो भयो भन्ने र कलेज सञ्चालक कलेजले दिने सेवा सुविधा र शिक्षाको गुणस्तरका आधारमा सस्तै शुल्कमा पढाएका छौ भन्ने दाबी चलिरहन्छ । कलेजले गर्ने महंगो विज्ञापन, ठूला तथा आकर्षक भवन र ती भवनमा सजाइएका अनेकानेक श्रृगारले अभिभावकलाई विद्यार्थीको पढाइमा मोटो रकम खर्चन बाध्य पारेका छन् । त्यसैले कलेजले लिने शुल्क पनि बढी नै रोखेको भन्ने जमात पनि छ । कलेजहरुले लिने शुल्क सामान्यतयाः कलेज आफैले ताकेका हुन्छन् । कलेज आफैले तोक्ने हुँदा शुलकमा कलेज सञ्चालक हावी हुनु स्वभाविक हो । सरकारले निजि तथा सामुदायिक बिद्यालयको शुल्क तोक्ने अधिकार स्थानिय तहलाई दिएपनि संघिय सरकार र स्थानिय सरकारको ताल मेल नमिल्दा शुल्क समायोजन र नीतिमा खासै चासो नभएको देखिन्छ । अहिले कुन कलेजमा कति शुल्क तोकिएको छ स्थानिय तहलाइ नै थाहा छैन । जहाँसम्म कक्षा ११ मा सस्तोमा भर्ना गरेर १२ मा शुल्क असुल्ने कुरा छ त्यो नबुझिएको हो । हामीले व्यवहारिक भएर सोच्नुपर्छ । कक्षा ११ मा विद्यार्थीको योग्यताको कदर गर्दै छुट दिइएको हुन्छ । सोही क्षमता कक्षा ११ मा पनि ग¥यो, कलेजको आन्तरिक परीक्षामा पनि देखायो भने उसले छुट निरन्तर पाउँछ तर, क्षमता कमजोर भयो भने कलेजले तोकेको शुल्क बुझाउनु पर्छ । यो कुरा बुझ्नु जरुरी छ । सबैभन्दा पहिलो कुरा त प्लस टु कलेजहरु धेरै भए । प्रतिष्प्रर्धा बढ्यो । अरुले भन्दा कम शुल्कमा पढाएर भए पनि विद्यार्थी तान्ने होडबाजीले शुल्कमा एकरुपता छैन। जस्तो एसएलसीमा राम्रो अंक आए विद्यार्थीको योग्यताको कदर गर्दैै सस्तोमा पढाइदिन्छन । फेरि कक्षा ११ मा पनि राम्रो गर्न सक्यो भने कक्षा १२ मा पनि उसले सस्तोमा पढ्न पायो । अर्को्तिर स्कुल तथा कलेजमा वर्षेनी हुने मुद्रास्फिती, शिक्षक तथा कर्मचारीको तलब भत्ता बढाउनका लागि पनि शुल्क बढाएको पाइन्छ । तर त्यसको आधार के हो भन्ने छैन । त्यसका लागि प्रष्ट आधार हुनु आवश्यक छ ।

SHARE