बुटवल । रुपन्देहीको बुटवल र बाँके जिल्लाको नेपालगञ्जमा विगत केही समय देखि बन्द रहेका विषादी अवशेष द्रत विश्लेषण एकाई प्रयोगशाला० प्रदेश नम्बर ५ सरकारले चलाउने भएको छ ।
यसरी बुटवलको बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको विषादी अवशेष द्रत विश्लेषण एकाई प्रयोगशाला र बाँके जिल्लाको नेपालगञ्जमा रहेको विषादी अवशेष द्रत विश्लेषण एकाई प्रयोगशालालाई सञ्चालन गर्ने तयारी आफुले सुरुवात गरेको प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जानकारी दिनुभयो । उहाका अनुसार अनुसार कर्मचारी अभावमा बन्द रहेका दुई वटा विषादी मापन गर्ने प्रयोशाला प्रदेश सरकारले जनशक्ती पठाएर सञ्चालन गर्न लागिएको हो । मन्त्री पौडेलले भनिन–‘केन्द्र सरकारबाट सञ्चालनको स्वीकृत लिई हामीले जनशक्ति व्यवस्थापन गरी सञ्चालन गर्ने योजना बनाएका छौं ।’ मन्त्री पौडेलले पहिलो चरणमा बुटवल कृषि उपज थोक बजार केन्द्र बुटवलमा रहेको प्रयोशाला सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

जसको प्रारम्भीक अनुगुमन गरेर के कस्तो अवस्थामा रहेको छ भन्ने विषयमा जानकारी लिने र प्रदेश सरकारबाट कर्मचारी पठाएर सञ्चालन गर्ने योजना प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाएको छ । केन्द्रीय सरकारको मातहतमा रहेका नेपालभरका विषादी अवशेष द्रत विश्लेषण एकाई प्रयोगशाला कर्मचारी अभावको कारण बन्द भएका थिए । केही समय पहिला सञ्चालनमा रहेका प्रयोशाला कर्मचारी समायोजना पश्चात कर्मचारीहरु समायोजन भएर गएपछि बन्द भएका थिए । जसको कारण बुटवलमा रहेका विषादी अवशेष द्रत विश्लेषण एकाई प्रयोगशाला बन्द भएको थियो ।

SHARE