मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
तपाईंकोलागि यो साता निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ । सभासम्मेलनमा सहभागी भइने छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । ब्यापारमा फाइदा होला सप्ताहन्तमा केहि चुनौती देखा पर्ने छ्न ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)
यो साता राम्रो छ । जागीर नोकरीमा पदोन्नति हुने छ । कार्यमा प्रगति होला । साताको अन्त्य तिर अझ राम्रो समय आउने छ ।आट उत्साह बढ्ने छ । परिक्षा सफल हुनेछ ।

मिथुन (का,कि, कु,घ,ङ,छ,के,को,ह)
राम्रो समय छ । धन,धर्म , प्रतिष्ठा बढ्ने छ।कृषि तथा ब्यापार बाट फाइदा होला । घरमा शुभ कार्य सम्पन्न होला । बिपरित लिङ्गीको सहयोग मिल्ने छ।मुद्दा मामिलामा फैसला तपाईंको पक्षमा हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,)
उत्तम समय छ । धर्म तथा अध्यात्ममा रुची बढ्ने छ । प्रेममा सफलता मिल्ने छ । ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति होला । मान प्रतिष्ठामा वृद्धि होला।परिक्षा सफल हुनेछ ।

सिह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
यो साता तपाईंको लागी सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । सप्ताहन्तमा राम्रो समय छ । पठनपाठन तथा लेखन कार्य मा रुचि बढ्ने छ । प्रेममा सफलता मिल्ने छ ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ । आफन्तको सहयोगले कार्य सम्पादन होला । मन प्रसन्न रहला । धार्मिक यात्राको योग छ । ब्यापारमा फाइदा होला । पारिवारिक सुखशान्ती मिल्ने छ । स्वास्थ्यमा भने केहि चुनौती सामना गर्नु पर्ला ।

तुला (रा रि,रु,रे,रो,ता,ती,तु,ते )
तपाईंको लागी यो साता आफ्नो पक्षमा रहेको छ । जागीर नोकरीमा पदोन्नति होला । प्रेममा सफलता मिल्नुका साथै कारोबारमा फाइदा होला । आत्म सन्तुष्टि मिल्नेछ । आफन्तसंग भेटघाट होला ।

वृश्चिक (तो ना,नि,नु,नो,या,यी,यु,)

राम्रो समय छ । गरिएका कामबाट सन्तुष्टि मिल्ने छ।बिद्यामा प्रगति होला । सन्तान पक्षबाट सहयोग मिल्ने छ । खानपिनमा रुचि बढ्ने छ । धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ ।

धनु (ये यो,भा,भि,भु,ढा,फा,ढा,भे,)
सामान्य समय छ । आयव्यय बराबर रहने छ । पारिवारिक विवादले सताउन सक्छ । बुधबार पछिका दिन धेरै राम्रो छ । भाग्योदयको योग छ । प्रेम प्रस्ताव आउन सक्छ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि)
उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ । कारोबारमा फाइदा होला । गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । शुभ समाचार सुन्न पाइने छ । आकस्मिक यात्रा होला । मन प्रसन्न रहने छ।

कुम्भ – (गु,गे,गो,सा,सि,सु,से,सो,द)
सामान्य समय छ । आय ब्याय बराबर हुनेछ ।आफन्तबाट धोका हुन सक्छ । पारिवारिक बिवाद बढ्न सक्छ । बुधबार पछिका दिन राम्रा छ ।लक्षित लक्ष्य पुर्ती हुनेछ । स्वास्थमा सुधार आउने छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने देखिन्छ । मन प्रसन्न रहने छ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
समय राम्रो छ । भाग्योदयको समय छ । धर्मकर्म प्रति रूचि बढ्ने छ । सभा सम्मेलन सहभागी भैयोला । रोजगारमा पदोन्नति हुनेछ । शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ।साताको अन्त्य तिर कार्यमा केहि चुनौती सामना गर्नु पर्ला ।स्वास्थमा समस्य आउन सक्छ ।

प्रस्तुतकर्ता : ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिषएववास्तु सेवा केन्द्र
ति.न. पा. १ नयाँमिलचोक
सम्पर्क : ९८५७०३५४६१

SHARE