विपि बिचार राष्ट्रिय समाजको तिलोत्तमा नगर कमिटि गठन भएको छ । काँग्रेसका युवा नेता कल्याण पौडेलको अध्यक्षतामा गठित २१ सदस्यीय समाजको उपसभापतीमा यमलाल पाण्डे, सचिवमा दिनमणी पंगेनी, कोषाध्यक्षमा मञ्जु बेलबासे र सह सचिवमा रामप्रसाद पन्थि चयन हुनु भएको छ । सदस्यहरुमा पुरुषोत्तम गैरे, मदन पन्थी, चक्रबहादुर आर्चाय, दुर्गा कुमारी राना, लक्ष्मि चौधरी, गंगारााम पाण्डे, शोभा राना, यम कुमारी पौडेल, पशुपति पाण्डे छन ।

त्यस्तै रमेश न्योपाने,रत्ना कंडेल,नामदेव भुसाल, नारायण कार्की, मञ्जु गाहा, केशब भण्डारी र नारायण क्षेत्री सदस्यमा चयन भएका छन । नवगठित समाजका नगर कमिटि सभापती कल्याण पौडेलले बिपिका बिचारलाइ अनुशरण गर्दै प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता र विकासको जग बलियो बनाउन समाजले रचनात्मक भुमीका खेल्ने बताउनु भयो । बर्तमान परिपेक्षमा विपिका बिचार र सिद्धान्तहरुको सान्दर्भीकता बढदै गएकाले आम नगरबासीलाइ त्यसबारे जागरुक बनाउने प्रतिबद्धता सभापती पौडेलले व्यक्त गर्नु भयो ।

SHARE