रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा दिवा कक्षा संचालन गर्न आग्रह गरेको छ । नगरपालिकाले सबै बालबालिकाहरुलाई उनीहरुको आधारभूत शिक्षाका लागि सबै मावि तहका बिद्यालयहरुमाकक्षा ११ र १२ मा दिवा कक्षा संचालन गर्न आग्रह गरेको हो । नगरपालिकाले यस अघि कक्षा ५ सम्मका सबै बालबालिकाहरुलाई घरबाट खाजा ल्याउन टिफिन बक्स र खाजा समेत उपलब्ध गराएको छ ।

सामुदायिक विद्यालयमा आकर्षण बढाउँदै विद्यार्थीहरुको पोषणमा सुधार ल्याउने लक्ष्यका साथ दिवा खाजा कार्यक्रम सुरु गरिए संगै यस बर्षबाट कक्षा ११ र १२ मा दिवा कक्षा संचालन गर्न सबै बिद्यालयलाई आग्रह गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको अडिगपनालाइ ध्यान दिदै कक्षा ११ र १२ मा दिवा कक्षा संचालन गर्न सुरु गरिएको जानकारी गराउँदै आगामी दिनमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अन्य कार्यक्रमहरु समेत सञ्चालन गरिने बताए । तिलोत्तमा नगरपालिकामा ४३ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण खड्किइरहँदा नगरपालिकाले दिवा खाजा कार्यक्रम अघि सारेको हो ।

SHARE