तिलोत्तमा । सामाजिक सेवामा क्रियाशिल रोट्रयाक्ट क्लब अफ रुपन्देहीको आठऔ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमाको डाइभरटोल स्थित होटल टुलिपमा भएको कार्यक्रममा वर्ष२०१८/१९ का अध्यक्ष सुरज भण्डारीले वर्ष २०१९/२० का अध्यक्ष राजेश खरेलको टीमलाई पद हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा वर्ष२०१८/१९ का अध्यक्ष भण्डारीले आफनो कार्यकालमा सहयोग गर्ने क्लवका पदधिकारी, कार्यक्रमका संयोजकहरु, बिभिन्न संघ सस्थाका अध्यक्षहरुलाई प्रसंशा पत्रबाट सम्मान गर्नु भएको थियो । पद हस्तान्तरण कार्यक्रममा बोल्दै तिलोतमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सामाजिक क्षेत्रमा रोट्रयाक्टहरुले खेलेको भुमिकालाइ उच्च मुल्याङ्कन गदै यि संस्थाहरुलाइ अझ व्याबस्थीत बनायर अगाडी लैजानुपर्ने बताउनुभयो। यस वर्ष तिलोतमा नगरपालिकाले पचास हजार बिरुवा रोप्ने योजनाका साथ अगाडी बढेको जानकारी गराउदै रुपन्देहिका बिभिन्न रोटरी क्लबहरुको साथ र सहयोगको अपेक्षा र बिश्वास व्यक्त गर्नुभयो ।

उहाले युवालाई सहि बाटो देवाउन र दुव्यसनबाट बचाउन सामाजिक चेतनाका कार्यक्रमलाई रोट्रयाक्ट क्लवहरुले बिद्यालयबाटै अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । पद हस्तान्तरण पछि बोल्दै क्लवका अध्यक्ष राजेश खरेलले समयको महत्व बुझेर साामाजिक कार्यमा लाग्ने बताउनु भयो । यस क्लवलाइ समाजिक क्षेत्रमा निरन्तरण अगाडी बढाउने उहाले बताउनु भयो । कार्यक्रममा रोटरी डिष्ट्रिकका एजी इन्द्र रिसाल, गोपाल न्यौपाने, एजाज आलम, रोटरी क्लब अफ तिलोतमाका अध्यक्ष सुरज खत्री रोट्रयाक्ट क्लव अफ रुपन्देहिका स्थापक अध्यक्ष प्रकाश गौतम, हरी पन्त, प्रताप भण्डारी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा रोट्रयाक्टका पूर्व अध्यक्ष प्रताप भण्डारी धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम अध्यक्षद्धय अध्यक्ष सुरज भण्डारी र राजेश खरेलको अध्यक्षता सचिवद्धय बिनोद सुबेदी राम प्रकास पाण्डेको सञ्चालनमा भएको थियो ।

SHARE