लायन्स क्लब अफ मणिग्रामको पदस्थापना तथा स्थापना दिवस सम्पन्न भएको छ । सस्थाका गत बर्ष २०१८/१९ का अध्यक्ष डाक्टर प्रकाश पाण्डेले नव निर्बाचित अध्यक्ष प्रकाश गौतमलाई पद हस्तान्तरण गरि शुरु भएकोको सो कार्यक्रममा बर्ष २०१९/२० का कार्यसमिती तथा सदस्यहरुलाई अध्यक्ष बाट सपथ ग्रहण गरिएको थियो ।

लायन्स डिस्ट्रीक ३२५ बि २ का गभर्नर अनुप पहाडीको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा गत बर्ष क्लबमा रहेर सेवामा कृयाशिल सबै सम्योजक तथा सहयोगी लाई मायाको चिनोले सम्मान गरिएको थियो। शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथी पहाडिले क्लबले गरेको समाजिक कार्यले समग्र लायन्स क्लबको शिर उचो बनाएको बताए । पहाडिले आगामी दिनमा अझै प्रगती र सामाजिक कार्यमा अग्रसर हुन नव निर्बाचित सदस्यहरुमा आग्रहा गरेका थिए।

सो कार्यक्रममा बोल्दै बिशिश्ट अतिथी लायन आर्यस महतोले क्लबको सेवामुलक कार्यको मुक्तकन्ठाले प्रशम्शा गरेका थिए। सो अवसरमा बोल्दै छोटो समयमै क्लबले पुर्याएको योगदान यश क्षेत्रमै अगाडि रहेको भन्दै सस्थापक अध्यक्ष यादव भट्टराई सस्थापक अध्यक्ष यादव भट्टराईले अझै प्रगती र समजसेवाको बाटोमा अग्रसर हुनुपर्ने बताए ।
५ औ पदस्थापन तथा स्थापना दिवसको स्वागत गर्दै अध्यक्ष प्रकाश गौतमले सबैको सहयोग र सकृयताले समाज सेवामा अगाडी बढ्न प्रेरणा मिल्ने बताए । गौतमले आगमी बर्ष अझै प्रभावकारी कार्यक्रम गरि समाजमा जनचेतना जगाउने खालका कार्यक्रम गरिने बताए ।
कार्यक्रमको सन्चालन सचिब बालकृष्ण भण्डारीले गरेका थिए ।

SHARE