तिलोत्तमा सिटी भाद्र २५ । शिवपुर देखि बुटवल जादै गरेको लु १ ख ३५८१ माइक्रो बस अगाडी आएको मोटरसाइकललाइ बचाउने क्रममा आकस्मिक ब्रेक लगाउदा दुर्घटनाग्रस्त भएको छ । तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा बस उत्तानो परेको छ ।

माइक्रो बसमा के कति यात्रु सवारी थिए त्यसको पुर्ण बिवरण आइनसकेको र धेरै यात्रु घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ। घाइतेलाइ क्रिमसन अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीको भनाइ छ । घटनाबारे बिस्तृत बिबरण आइनसकेको हाम्रा शंकरनगर स्थित सम्बाद दाताले बताएका छन् ।

SHARE