मोहन न्यौपाने , भाद्र २५ तिलोत्तमा सिटी । तिलोत्तमा नगरपालिकाको मणिग्राममा सेवा दिदै आएको धौलागिरी डेन्टल क्लिनिकले आफ्नो स्थापनाको १०औ बर्ष पार गरेको छ । सानो मेडिकलबाट सुरुवात भएको क्लिनिकमा हाल दैनिक रुपमा हरेक समय दात तथा मुख सम्बन्धि सम्पूर्ण रोगको उपचार र परामर्श दिदै आएको संचालक समेत रहनुभएका बरिष्ठ दात तथा मुख रोग विशेषज्ञ डा. मुक्ति प्रसाद शर्माले बताउनुभएको छ । क्लिनिकमा अत्याधुनिक कम्प्युटर प्रबिधिद्वारा दात तथा मुखको सबै रोगको उपचार र शल्यक्रिया सेवा सहित २४ सै घण्टा सेवा प्रदान गर्दै आएको डा. शर्माको भनाइ छ ।

नीजि क्षेत्रबाट संचालित तिलोत्तमा नगरकै पहिलो डेन्टल अस्पतालको रुपमा रहेको धौलागिरी डेन्टलले जुनसुकै उमेरका मानिसको दात तथा मुख रोगसम्बन्धी सम्पुर्ण स्वास्थ उपचार र परामर्श सेवा प्रदान गदै आएको छ । बुधबार बार्षिकउत्सवको अवसर पारेर अस्पतालले हालसम्म पुर्याएको सेवा र भावी योजना समेत प्रस्तुत गरेको थियो ।

आर्थिक बर्ष २०५६ देखि ०७६ सम्म आउदा लगभग १५ हजार जनाले सेवा लिएको र २१ हजार जना फ्लोअपमा आएको क्लिनिकको को तथ्यांक छ । “पहिलेको समयमा दात तथा मुख सम्बन्धि रोग पालेर बस्ने तर जचाउन आउन खासै ध्यान नदिने प्रचलन थ्यो तर अहिले आएर मुख र दात मानिसको सुन्दरता र व्यक्तिगत सरसफैको प्रमुख पर्याय बनेको डा.मुक्ति प्रसाद शर्माको भनाइ छ ।”
११ बर्षमा प्रवेश गरेको उत्सव मनाईरहदा क्लिनिकले आफ्नो सेवा एउटा फ्ल्याटमा सिमित नगरी अझ विस्तारमा ध्यान दिन जरुरि रहेको डा. शर्माले बताए । प्रबिधिमा बिस्तार र ब्यबस्थापन मै कुसल रहेकाले हाल उपचार लिन आउने सेवाग्राही बढिरहेकोमा अब क्लिनिक मै सिमित हुन नहुने उनले बताए । डा. शर्माले क्लिनिकको बार्षिकोत्सवको अवसरमा एक हप्ता सम्म बिशेस छुटका साथ् सेवा अझ गुणस्तरीय तथा सर्वसुलभ गराउने र गरिब, दुखि, असहाय मानिसलाई सौहुलियत पुर्ण उपचार सेवा दिने प्रतिबदता व्यक्त गरे ।

SHARE