रुपन्देहीको भैरहवामा लिटल प्रिन्स एन्ड प्रिन्सेस भैरहवा सिजन २ सम्पन्न भएको छ । महिना दिनअघि सुरु भएको यो प्रतियोगिताको जुनियर प्रतिस्पर्धामा मनिष भट्टराई र रोसलिन पौडेलले उपाधि उचाले । प्रतिस्पर्धामा प्रिन्स जुनियरतर्फ फस्ट रनर्सअप सिओन श्रेष्ठ , सेकेन्ड रनर्सअप अभिनव मिश्र घोषित भए । त्यस्तै जुनियर प्रिन्सेसमा फस्ट रनर्सअप सुभांगी आर एल राणा, सेकेन्ड रनर्सअप रक्षा श्रेष्ठ घोषित भए । बुटवलपछि तिलोत्तमा हुदै भैरहवामा सफल भएको यो प्रतिस्पर्धामा सिओन श्रेष्ठ र बर्षा गुरुङले भ्युअर च्वाइसको उपाधि चुमेकी थिइन् ।

त्यस्तै अर्गनाइजर चोइस तर्फ़ आश्रय यादव ,फोटोजेनिक तर्फ सिओन श्रेष्ठ र सुभांगी आर एल राणा, मस्ट पपुलर बर्षा गुरुङ र आश्रय यादव, त्यस्तै ब्युटी विथ पर्पोज आन्या गोएल , एको फ़्रेण्ड्लिमा समयत जंग राणा , रोसलिन पौडेल मस्ट कनजुनालिटि आलिया बेरुयड भएकी छिन । १५ जना ग्राण्ड फिनालेका लागि समाबेश भएको प्रतियोगितामा ड्रेस डिजाइन आइ एफ सी बुटवल  तथा कोरियोग्राफर ज्योसनमान गौचनले गर्नुभएको एड्भेण्ट नेपालका एम.डी. धिरेन तुलाधरले बताए ।

बालबालिकाहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले एड्भेण्ट नेपालको आयोजना तथा लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको संयोजनमा सम्पन्न यो प्रतियोगितामा भैरहवाका विभिन्न विद्यालयका ८५ जना बालबालिकाको सहभागिता थियो । निर्णायक भूमिकामा एम पुन, माला सुनार, र कविता पुन रहेको कार्यक्रमको संचालन सुमन श्रेष्ठले गरेका थिए ।

SHARE