भारतीय टेलिभिजन च्यानल जि टिभीबाट प्रशारित हुने सारेगामा लिटिल च्याम्प नामक सांगितिक कार्यक्रमको यो सिजनमा द्धितिय र तृतिय स्थानमा आउने नेपाली बाल गायक द्धय प्रितम आचार्य र आयुश केसीलाई भैरहवामा सम्मान गरिएको छ ।
सांगितिक कार्यक्रम मार्फत उत्कृष्ट नतिजाल्याई नेपालको नाम बिश्व रंगमञ्चमा फैलाउन सफल भएको भन्दै लायन्स क्लब अफ सेन्टेनियल सिद्धार्थनगरको आयोजनामा भएको कार्यक्रममा शुक्रबार दुबै बाल गायकलाई नगर परिक्रमा गराई एक भब्य समारोहका बिच नागरिक अभिनन्दन गराईएको थियो ।
बाल गायक द्धय आचार्य र केसीलाई भब्य समारोहका बिच सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारी, उप प्रमुख उमा काफले, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बि २ का पुर्ब गभर्नर अरुण प्रताप राणा, आयोजक सस्था लायन्स क्लब अफ सेन्टिनियलका सस्थापक अध्यक्ष ओम जैशी, क्लब अध्यक्ष दिपक कौशल लगायतले अभिनन्दित गर्दै देशको नाम सर्बत्र फैलाउन सफल भएकोमा बधाई दिदै सफल सांगितिक यात्राका लागी शुभकामना दिएका थिए ।
लायन्स क्लब का लुम्बिनी क्षेत्रका एरिया चिफ बिनोद खरेलले संघसस्थाहरुले समाजमा रहेका प्रतिभाहरुलाई सम्मान गर्दै अबसर समेत प्रदान गर्नु आबश्यक रहेको र सोहि अनुसार लायन्स क्लबले भैरहवामा बाल गायक द्धयको सम्मान एबं उनिहरुको एकल साझ कार्यक्रम समेत आयोजना भएको बताए । सांगितिक कार्यक्रम मार्फत संकलन हुने रकमले खर्च कटाएर बचत सबै रकम क्यान्सर पिडित बालबालिकाको स्वास्थय र जनचेतनामुलक कार्यमा खर्च गरिने कार्यक्रम संयोजक प्रमोद रिजालले बताए ।

SHARE