सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदह रुपन्देहीको २१औ साधारण सभा सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष्य टिका न्यौपानेको अध्यक्ष्यता तथा प्रदेश न् ५ का सभासद डा कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष न्यौपानेले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।

सो साधारण सभामा बोल्दै सभासद न्यौपानेले कृषिको आधुनिकिकरण आवश्यक रहेको बेला कृषि शहकारीले खेलेको भूमिका ठुलो रहेको बताउनुभयो । उहाले स्थानिय तहको निर्माण र सहकार्यसंगै सहकारीले ससाना उद्दमी देखि कृषि, पशुपालनमा आकर्शित भईरहेका ग्रामीण भेगका किसनहरुकालागी महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सस्थाको प्रगतिमा साथ दिने सबैलाई धन्यवाद दिदै उहाले कृषिमै जीबनयापन भन्दा माथि रहेर ब्यबसायिकता र आधुनिकीकरण ल्याई अगाडि बढ्न यस्तो सहकारीको ठुलो भूमिका रहने बताउनुभयो । सहकारीको माध्यमबाट उत्पादन बृद्धि गरी गरिवी निवारण गर्न सकिने प्रदेश ५, का प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले बताउनु भएको छ । उहाले समृद्ध राष्ट्र निर्माण गर्न सरकारले ३ खम्बे अर्थ नितीलाई अगाडि सारेको बताउनुभयो । साना किसान कृषि सहकारी संस्था देवदहको २१ औं बार्षिक साधारण सभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

सांसद न्यौपानेले नेपाल कृषि प्रधान देश भएको बताउदै कृषि उपजको उत्पादन बृद्धि तर्फ सवै लाग्नु सकेमात्र आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन सकिनेमा जोड दिनु भयो । उहाले उत्पादन बृद्धि नगर्दा सम्म राज्यले लिएको लक्ष्य प्राप्त गर्न नसकिने बताउदै सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक रहेमा जोड दिनु भयो । उहाले सरकारले कानुन निर्माणलाई तिव्रता दिईरहेको बताउदै निर्वाचनमा गरेका प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्दै जाने बताउनु भयो । सांसद न्यौपानेले संघीय सरकारले भूमि विद्येयक पास गरिसकेको र अव समयपछि प्रदेश सरकारले पनि उक्त विद्येयक पास गरी सुकुम्वासी र अव्यवस्थित बसोवास समस्या समाधान गर्ने दावी गर्नु भयो । उहाले आगामी ३ बर्ष भित्र सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउने गरी सरकारले काम गरीरहेको बताउनु भयो ।

सोही अवसरमा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह नगरपालिकाले सहकारी विद्येयक पास गरेपनि ऐन तयार हुन नसक्दा सहकारीको अनुगमन र नियमन गर्न नसकिएको बताउनु भयो । राज्यले लिएको नारालाई सार्थक बनाउन उत्पादनलाई जोड दिनु पर्ने बताउदै देवदह नगरपालिकाले कृषकलाई अनुदानको व्यवस्था गरेको बताउनु भयो । उपप्रमुख गुरुङ्गले देवदह नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिएको बताउदै दुध उत्पादन बृद्धि गर्न यस बर्षदेखि निशुल्क रुपमा सेक्ससिमेनको व्यवस्था गरेको बताउनु भयो ।

२१ औ साधारण सभाको अवसरमा बोल्दै सस्थाकी अध्यक्ष टिका न्यौपानेले सस्थाको प्रगतिमा साथ दिने सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । देवदहकै सबैभन्दा ठुलो सहकारीको रुपमा रहेको सो कृषि सहकारीले अहिले देवदह नगरपालिका भरि आफ्नो लोकप्रिय अभियानहरु प्रस्तुत गर्दै आएको छ ।

साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष टिका न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ओमसतिया गाउपालिकाका अध्यक्ष हिरा केवट, राष्ट्रिय सहकारी विकास बोर्डका प्रकाश अर्याल, कोलि देवदह साकोसका अध्यक्ष ऋषिराम सापकोटा, देवदह आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष ध्रुव खरेल, साना किसान विकास लधु वित्तिय संस्थाका पदम रेग्मी, कृषि सहकारी संघ रुपन्देहीका विष्णुप्रसाद वस्याल, नेपाल रेडक्रस सोसाईटीका कृष्ण न्यौपाने, शेयर सदस्य मैना आर्चाय लगायतले बोल्दै सहकारीले शेयर सदस्यहरुलाई उत्पादन संग जोडनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट कृषक, उत्कृष्ट व्यवसायीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले प्रगति प्रतिवेदन र लेखा संयोजक सरस्वती पोखरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष दण्डपानी भट्टराईको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

SHARE