मोहन न्यौपाने, तिलोत्तमा । झरना स्पोर्टस क्लबको आयोजनामा बिहिबारदेखि शुरु ३३ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको तेस्रो खेलमा सिम्रिक युवा क्लब बुटवल बिजयी भएको छ । तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलको ३/३ गोलको बराबरीपछि भएको ट्राइब्रेकरमा आयोजक झरना स्पोर्ट्स क्लब कुञ्जलापुरलाई १ का विरुद्घ ३ गोलले पछि पार्दै सिम्रिक युवा क्लब बुटवल विजयी भएको हो । निर्धारित समयमा दुवैतर्फ बाट ३/३ गोलको बराबरी भएपछी खेल समय सकिएर ट्राइब्रेकरमा प्रवेश गरेको थियो। झरनाको तर्फ़बाट ३ गोल गर्न नसकेपछि सिम्रिकले लगातार गोल गरि जित हासिल गरेको हो ।
शनिबारको खेलमा झरना स्पोर्ट्स क्लब कुञ्जलापुरका मोह बहादुर थापा म्यान अफ दि म्याच घोषित हुनुभएको छ । प्रतियोगिता अन्तर्गत आइतबारको खेल लिस्नु युवा क्लब कोटिहवा र गीता क्लब मणिग्राम १२ नम्बर बीच रोमाञ्चक प्रतिस्पर्धा हुने आयोजक क्लबका तर्फ़बाट मोहन रानाले बताएका छन । बिजेता लाइ यस क्षेत्रकै अत्याधिक रकम राखिएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष लोक पुनले बताउनुभयो । हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने खेल हेर्न महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई निशुल्क प्रवेश दिइएको क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलको भनाइ छ ।

SHARE