मोहन न्यौपाने, तिलोत्तमा । झरना स्पोर्टस क्लबको आयोजनामा भैरहेको ३३ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सोमबारको खेलमा गोर्खा ब्वायज बुटवल बिजयी भएको छ । तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलको पहिलो हाल्फ़ सम्म ० गोलको बराबरीपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै प्रतिश्प्रधि नवयुवा खेलकुद तथा सास्कृतिक परिवार ठुटिपिपललाई ० का विरुद्घ १ गोलले पछि पार्दै गोर्खा ब्वायज बुटवल विजयी भएको हो ।

पहिलो हाल्फ़सम्म दुवैतर्फ बाट कुनैपनि गोल नभएपछी पेनाल्टीको चान्स पाएको गोरखा ब्वायाजका लागि निशान न्यौपानेको गोल ले जाली चुमे पछि जित सुनिस्चित भएको हो। नवयुवाको तर्फ़बाट गोल गर्न भरपुर प्रयास हुदा समेत गोल गर्न नसकेपछि पेनाल्टीमा गोल गर्दै गोर्खा ब्वायाजले जित हासिल गरेको हो ।

सोमबारको खेलमा गोर्खा ब्वायाजका शिव बोटे म्यान अफ दि म्याच घोषित हुनुभएको छ । प्रतियोगिता अन्तर्गत मंगलबारको खेल जनज्योति युवा क्लब डिङ्गरनगर र फर्साटिकर युथ क्लब फर्साटिकर बीच रोमाञ्चक प्रतिस्पर्धा हुने आयोजक क्लबका तर्फ़बाट मोहन रानाले बताएका छन । बिजेतालाइ यस क्षेत्रकै अत्याधिक रकम राखिएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष लोक पुनले बताउनुभयो । हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने खेल हेर्न महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई निशुल्क प्रवेश दिइएको क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलको भनाइ छ ।

SHARE