‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान तिलोत्तमामा सम्पन्न भएको छ । अभियान अन्तर्गत’ भाद्र २४ गतेदेखि असोज ७ सम्म जारी दोश्रो चरणको राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस तिलोत्तमा नगर समितिद्वारा गरिएको समाजिक संवाद कार्यक्रम तिलोत्तमा स्थित रामजानकी मन्दिरकाे सभाहल मङ्लापुरमा सम्पन्न भएको थियो ।

साेहि अभियानको अवसरमा केन्द्रीय प्रतिनिधिहरू माधव नेपाल, निर्मला क्षेत्री, याकुव अन्सारीलाई सम्मान गरिएको थियो ।
नगर सभापति हरिलाल पाण्डेको सभापतित्व, कोषाध्यक्ष जगत पौडेलको स्वागत, सचिव शिव गैरेको सन्चालन रहेको कार्यक्रममा नेपाली काङ्रेस जिल्ला सचिव रामकृष्ण खाण, केन्द्रीय प्रतिनिधि माधव नेपाल, प्रदेश सभासद निर्मला क्षेत्री, याकुव अन्सारी, जिल्ला सभापति अब्दुल रज्जाक लगायतले बोल्नुभएको थियो ।

SHARE