मोहन न्यौपाने, तिलोत्तमा । झरना स्पोर्टस क्लबको आयोजनामा शुरु ३३ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको बुधबारको खेलमा जय बुद्द सामाजिक युथ क्लब कपिलबस्तु बिजयी भएको छ । तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा सुपौली युवा क्लब सुपौलीलाई ० का विरुद्घ ६ गोलले पछि पार्दै जय बुद्द सामाजिक युथ क्लब कपिलबस्तु विजयी भएको हो ।

प्रतियोगिताको पहिलो हाल्फ़ मै गोलको अग्रता लिएको जय बुद्द सामाजिक युथ क्लब कपिलबस्तुको तर्फबाट तेजेन थापाले २ गोल र अर्जुन चौधरीले २ गोल,एलिश पुन र चन्द्र पुनले १/१ गोल गर्नुभएको थियो । सुपौली युवा क्लब सुपौलीको तर्फबाट धेरै प्रयास खेलभरि भएपनि सफल भने हुन सकेन । बुधबार सम्पन्न खेलमा जय बुद्द सामाजिक युथ क्लब कपिलबस्तुका अर्जुन चौधरी म्यान अफ दि म्याच घोषित हुनुभएको छ । प्रतियोगिता अन्तर्गत बिहिबारको खेल जु एफ सी जुगेडी र फुलबारी गाइज बुटवल बीच रोमाञ्चक प्रतिस्पर्धा हुने आयोजक क्लबका तर्फ़बाट मोहन रानाले बताएका छन ।

प्रतियोगिताका बिजेतालाइ यस क्षेत्रकै अत्याधिक रकम ३ लाख १० हजार राखिएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागितामा पहिलो चरणका खेलहरु भैरहेको झरना स्पोर्टस क्लबका अध्यक्ष लोक पुनले बताउनुभयो । हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने खेल हेर्न महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई निशुल्क प्रवेश दिइएको क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलको भनाइ छ ।

SHARE