रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा २ परियोजनाले लगानी सम्बन्धी हस्ताक्षर गरेका छन् भने १६ अर्ब रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनमा परियोजनासँग सम्झौतापत्रमा हस्ताक्षर भएको नगरपालिकाले जानकारी दिएको छ। स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको लगानी सम्मेलनमा युकेआईडीको सिप र रोजगार प्रवर्द्धन कोष तथा नेपाल बैंकद्वारा प्रदान गरिने सहुलियत कर्जा परियोजनाको सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। समझदारी पत्रमा नगरपालिकाका तर्फबाट मेयर वासुदेव घिमिरे र परियोजनाको तर्फबाट सिप र रोजगार प्रवर्द्धन कोषका तर्फबाट बलजित बोहोराले हस्ताक्षर गरेका छन्। यसैगरी, नेपाल बैकद्धारा प्रदान गरिने सहुलियत कर्जा परियोजनाका तर्फबाट पासाङ दोर्जेले हस्ताक्षर गरे।

हस्ताक्षर भएका दुई परियोजनामा युकेआईडीको सिप र रोजगार प्रवर्द्धन कोष स्थापना तथा नेपाल बैकद्धारा प्रदान गरिने सहुलियत कर्जामा (महिला उद्यमशीलता, विपन्न वर्ग कर्जा, सीमान्तकृत वर्गका लागि कर्जा, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई कर्जा, कृषि सामुहिक जमानी कर्जा) रहेको नगरपालिकाका मेयर वासुदेव घिमिरेले जानकारी दिए। यी परियोजनाका लागि ऋण लिन नगरपालिकाले सिफारिस गर्नेछ। लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनको क्रममा बिहीबारसम्म ३० वटा परियोजना प्रस्ताव आएका छन्। ती मध्ये २४ वटा परियोजनाको आशय पत्र खोलिएको छ। सबै आशयपत्र खोल्दा लगानीको प्रतिबद्धता बढ्ने अपेक्षा नगरपालिकाले लिएको छ।

अन्य १० परियोजनामा प्रराम्भिक समझदारी कायम भएको नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिए।
प्रारम्भिक समझदारी भएका परियोजनामा कृषि, पर्यटन, उद्योगलगायतका छन्। निजी क्षेत्रले विभिन्न २० परियोजना प्रस्ताव गरेका छन्। प्रस्तावित परियोजनामा स्वदेशी लगानी रहने उल्लेख छ। नगरपालिकाले लगानी सम्मेलनपछि तोकिएको अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरेको छ। रिडी हाइडो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रा.लि. लगायतका कम्पनीले लगानी प्रतिबद्धता जनाएका छन्। निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरु निकै उत्साहित भएको नगर प्रमुख वासुदेव घिमिरेले बताए। लगानी सम्मेलनमा आएका लगानीकर्ताले आगामी दिनमा समग्र रुपन्देहीमा लगानीका लागि आफूहरु तयार रहेको प्रतिबद्धता जनाएका छन्।

विदेशी लगानीकर्ताले समेत परियोजनाको सम्झौता गरिने अपेक्षा गरिएपनि पहिलो दिन भने कुनै पनि बिदेशी लगानीकर्ताले परियोजना सम्झौतामा हस्ताक्षर गरेका छैनन्। नगरपालिकाले लगानी सम्मेलनपछि पनि एक बर्ष अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरेको छ।

         तिलोत्तममा लगानी गर्नको लागि नेताहरुको आह्वान

नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पूँजीपतिलाई लगानीमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई आज सम्बोधन गर्दै उँहाले दलालपुँजीले देशको हित विपरित जाने बताउँनु भयो । लगानी मैत्री वातावरण बनाउँनको लागि केही नीति नियममा परिवर्तनको आवश्यकता रहेकोमा प्रचण्डले जोड दिनुभयो । लगानी मैत्री वातावरण बनाउँन ठेक्का प्रणालीले सहज बनाउन आवश्यकता रहकेो बताउँनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय प्रणालीबारे नकारात्मक प्रचार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उँहाले लिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेर स्थानीय तहहरु ठीक छन् भन्ने सन्देश दिएको समेत बताउँनुभयो । बुद्ध जन्मस्थल लुम्बिनी, बेलहिया नाका, अन्तर्रा्ष्ट्रिय विमानस्थल आदि पूर्वाधारले तिलोत्तमा नगरपालिकामा लगानीको वातावरण रहेको प्रचण्डको भनाई छ । नेकपा र सरकार निजी क्षेत्रको स्वतन्त्रता र सुरक्षाबाट मात्रै लगानीमैत्री वातावरण बन्छ भन्नेमा स्पष्ट रहेको उल्लेख गर्दै प्रचण्डले ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । स्वदेशी पुँजीपति नेपालमा लगानी गरेर राम्रो प्रतिफल लिन सकेन विदेशी पुँजीपति पनि नेपालमा आकृषित हुने दाबी गनुभयो ।

त्यस्तै प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेलले लगानी मैत्री वातावरणको लागि अनुकुल राजनीतिक बतावरण बनेकाले ढुक्कसँग लगानीकर्तालाई लगानी गर्नको लागि आग्रह गर्नुभयो । प्रदेश ५ मा तिव्रगतिमा पुर्वाधार विकास भईरहेको उँहाले बताउँदै यस क्षेत्रमा उत्पादन हुने बस्तु देशका सबै भू–भागमा पुराउँन सहज रहेको जानकारी दिनुभयो । भैरहवा बुटवललाई मेघासिटी बनाउँने योजना प्रदेश सरकारको रहेको पोखरेलले बताउँनु भयो ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण बनाउन सम्बन्धित ऐन कानून बनाइसकेको र संसारभरका लगानीकर्तालाई आह्वान गरिसकेको बताउँनुभयो । श्रम सम्बन्ध सुधार र बैंक ब्याजदरमा परिमार्जनले लगानी बढेपनि जमिनको उपलब्धता र प्रकृया छरितो बनाउन भने चुनौती रहेको उँहाले बताउँनुभयो ।
उँहाले लगानीमैत्री वातावरण बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उँहाले बुटवल–सिद्धार्थनगर जोडेर मेघा सिटी बनाउन सकिने सम्भावना औंल्याउँनुभयो । निजी क्षेत्रसँग सहकार्य गर्न अर्थमन्त्रीले तिलोत्तमा नगरपालिकालाई सुझाव दिनुभयो । नगर विकास कोषलाई नगर विकास निगमका रुपमा अघि बढाउन चाहेको जानकारी पनि उँहाले बताउँनुभयो ।
प्रदेश ३ का मुख्यमन्त्रि डोरमणी पौडेलले स्थानीय उत्पादनलाई प्रयोगमा जोड दिएमा लगानीकर्ताहरु आकृषित हुने बताउँनुभयो । लगानी मैत्री वातावरण सिर्जनाको लागि सरकारले ऐन नियममा केही सहजता ल्याउँन आवश्यकता रहेकोमा जोड दिनुभयो । प्रदेश
२ का मुख्यमन्त्री लाल बहादुर राउँतले नेपाल सबै ठाउँ लगानीको लागि योग्य रहेको बताउँनुभयो । उँहाले लगानी गर्ने वातावरण सरकारले दिन नसकेको उँहाले ठोकुवा गर्दै झन्झटिला ऐन कानुनलाई संसोधनको आवश्यकतामा जोड दिनुभयो । लगानी गरेका ब्यक्तिलाई समेत सरकारले अवरोध सिर्जना गरेको राउँतले बताउँदै लगानीकतालाई सरकारले सहज वातावरण बनाउँनु पर्ने बताउँनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिब विष्णु प्रसाद पौडेलले भारतसँग जोडिने ब्यापारिक नाका नजिकै रहेको र तिव्र पुर्वाधार विकास भईरहेकाले तिलोत्तममा लगानीको लागि उर्वरभूमि रहेको दाबी गनुभयो । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल नजिकै छ उँहाले भन्नुभयो बुटवल ,सुनौली सिक्से ल्याण्ड सडक छ नजिकै लुम्बिनी सम्भावना नै सम्भावनाको क्षेत्र हो । यँहाका जनतालो लगानीकर्तालाई स्वागत गर्न आतुर हरको पौडेलले बताउँनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले तिलोत्तममा खुलेर लगानी गर्नको लागि लगानीकर्तालाई आह्वान गर्नुभयो । तिलोत्तममा सहज राजनीतिक , सामाजिक र तिव्र रुपमा पुर्वाधार विकास भएकाले लगानीको आवश्यकतामा जोड दिनुभयो ।

सरकारले लगानीकर्तालाई विश्वास दिलाउँनको लागि लागनीको सुरक्षा दिन सक्नु पर्ने बताउँनुभयो ।
राष्ट्रियसभाका सदस्य घनश्याम भूषाल, प्रतिनिधिसभाका सांसद छविलाल विश्वकर्माले तिलोत्तमा नगरपालिकामा सहज राजनीतिक र सामाजिक वातावरण भएकाले ढुक्क भएर लगानीकर्तालाई लगानी गर्नको लागि आग्रह गर्नुभयो ।

भिडियो साभार: श्रीनगर अनलाइन

SHARE