पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दल तथा नेताहरुले आफ्नो आचरण सुधार गर्नुपर्ने बताएका छन्। रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै बिहीबार प्रचण्डले पार्टीभित्रै हुने अनावश्यक टिकाटिप्पणीले कसैलाई हित नगर्ने बताए । ‘जातिवित्ति नकारात्मक टिप्पणी भएको छ, यसले कसैलाई हित गर्दैन’, प्रचण्डले भने,‘राजनीतिक दल तथा नेताहरुमा सुधार समेत आवश्यक रहेको छ, हामी कम्युनिस्ट बडाहाकिम जस्तै भयौं, हामी पञ्चायतकालीन बडाहाकिम कि अरु भन्नेमै अन्योल छ, त्यसैले बडाहाकिम शैली फेरौं।’

निजी क्षेत्रलाई नाफा कमाउने सुरक्षा र स्वतन्त्रता भएकै कारण चीन, भारत, सिंगापुरको विकास सम्भव भएको भन्दै उनले त्यो वातावरण अब नेपालमा बन्ने विश्वास गरे। विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भए पनि अब पनि मुलुक समृद्धितर्फ जाने प्रचण्डको भनाई छ। ‘२४० वर्षको शैली परिवर्तन गर्न कठिन छ, डेढ वर्षमै सम्भव पनि हुँदैन’, उनले भने,‘टिकाटिप्णी मात्रै गरेर अराजकता निम्त्याउनु हुदैन।’प्रतिपक्षि कांग्रेस तर्फ लक्षित गर्दै उनले भने – ” सरकार चलाएको डेढ बर्षमै केक्कनै हुन्छ भन्ने सोच त्यागौ , दुइ सय पचास बर्षको धुलो मैलो पखाल्न समय लाग्छ धैर्य गरौ”।

सम्भावनै सम्भावना भएको रुपन्देहीमा लगानीको वातावरण बन्दै गएकोसमेत प्रचण्डले प्रष्ट पारे। उनले शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटक भित्रिने दाबी गरे। त्यस्तै यही कार्यक्रममा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले लगानीको वातावरण नै नभएको भन्नु सत्य नभएको दाबी गरे। कैयौं कानुन परिमार्जन गरेर नीतिगत सुधारहरु सरकारले गरिरहेको उनको भनाई छ।

SHARE