तिलोत्तमा । तिलोत्तमा उद्योग ब्यपार संघ तिलोत्तमा ९ मंगलापुर रुपन्देहीको आयोजनामा एकदिने बट्टाइ पालन तालीम आज शंकरपुरमा सम्पन्न भएको छ । तालीम साना किसानलाई लक्षित गर्दै थोरै लगानी, थोरैसमयमा तयार, थोरै क्षेत्रफलमा बढी आम्दानी लिनसकिने उद्धेश्यले तालीमको आयोजना गरेको संघका प्रथम उपाध्यक्ष धन बहादुर थापाले बताउनुभयो । संघका महासचिब बसन्त सिंञ्जालीले सञ्चालन गर्नुभएको तालिममा २५ जनाको सहभागीता रहेको थियो ।

तालीममा बट्टाई बिज्ञ नर बहादुर राना मगरले सहजिकरण गर्दै पाल्ने तरिका, उपयोगिता र यसबाट हुने बिभिन्न फाइदाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अन्य पंक्षी पालनगर्दा रोग लागेर खोर सुन्य हुने तर बट्टाईमा कुनैपनि रोग नलाग्ने, मासु , अण्डा, खानाले माम्ंस्पेसी, हाड जोर्नी, मुटुरोग, मधुमेह र ग्याष्टिक, लगायतका रोग निको हुने र साना बालबालीकको स्मरण शक्ती बढ्ने बताउनुभयो ।

SHARE